आर्थिक वर्ष २०७८–७९मा ५ अर्बको आईपीओ बजारमा

काठमाडौं । गत आर्थिक वर्ष २०७८–७९ मा २५ वटा कम्पनीहरु सेयर बजारमा थपिएका छन् । नेपाल धितोपत्र बोर्डको तथ्यांकअनुसार २५ वटा कम्पनीहरुले ५ अर्ब रुपैयाँभन्दा धेरैको सेयर आइपीओ मार्फत बिक्री गरेका छन् । जसमध्ये ७ वटा लघुवित्त, १६ वटा हाइड्रोपावर, एउटा लगानी र एक जीवन बीमा समूहको कम्पनीले आइपीओ जारी गरेको थियो । आइिपओ जारी गर्ने कम्पनीहरुमध्ये सबैभन्दा धेरै मध्यभोटेकोशी जलविद्युतले ९० करोड रुपैयाँ र साहस उर्जाले ७० करोड रुपैयाँको सेयर बिक्री गरेका हुन् ।
त्यस्तै, सानिमा लाइफ इन्सुरेन्सले ६० करोड रुपैयाँ बराबरको सेयर आईपीओमार्फत बिक्री गरेको थियो । कम्पनीहरुले पुँजी जुटाउन सर्वसाधारणलाई सेयर बिक्री गर्दछन् । यसले उनीहरुलाई थप लगानी गर्न रकम प्राप्त हुन्छ । आर्इपीओमा आम लगानीकर्ताको आकर्षण पनि बढ्दै गएको छ । लगानीकर्ताहरुको आकर्षणसँगै डिम्याट खाताको संख्या पनि उच्च गतिमा वृद्धि हँदै ५३ लाख नाघेको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया