द ब्रिटिस कलेजले ‘तेस्रो द ब्रिटिस कप २०२२’ आयोजना गर्ने

काठमाडौँ । द ब्रिटिस कलेजले तेस्रो द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टोर्नामेन्ट आउने गर्ने भएको छ । उक्त फुटसल अगस्ट ४ देखि ५ सम्म बालुवाटारस्थिति ढुकु फुटसलमा गर्ने भएको हाे ।
पहिलो र दोस्रो द ब्रिटिस कप क्रमशः सन् २०१८ र २०१९ मा भएको थियो । तर, त्यसपछि लगातार दुई वर्ष कोरोना महामारीका कारण उक्त प्रतियोगिता हुन सकेको थिएन । तर, यो प्रतियोगितालाई थप रोमाञ्चक बनाउने रणनीतिका साथ पुनः तयारी गरिएको कलेजले जनाएको छ ।
उक्त प्रतियोगितामा १३ कलेजहरुबीच प्रतिस्पर्धा हुनेछ । ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिदैँछन् ।
विजयी टिमले एक लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै पहिलो रनर अपले ५० हजार नगद, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले नगद रु दश हजार पाउनेछन् ।
उक्त प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको छ । त्यस्तै अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटल र मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका छन् ।
द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले भनेः कोरोना महामारीको कारण केही वर्ष यो कार्यक्रम हुन पाएको थिएन । नयाँ उत्साहका साथ पुनः यो कार्यक्रम गर्न पाउँदा खुसी छौं ।
पहिले भन्दा पनि धेरै टोलीहरूलाई सहभागी गराई यस इभेन्टलाई अझै उत्कृष्ट बनाउन प्रतिबद्ध छौँ । सहभागी हुने सम्पूर्ण प्रायोजक तथा कलेजहरू, विद्यार्थी स्वयंसेवकहरू र आयोजक समिति – सुदीप भट्टराई र सार्थक विष्टलाई धन्यवाद दिन चाहन्छु । प्रतियोगितामा सहभागी सम्पुर्ण टोलीलाई शुभकामना छ ।
















न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया