घटना र बाढी पहिरोबारे गृहमन्त्री खाँणले दिए निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको मृत्यु भएको घटनाबारे जानकारी लिएर घटनाबारे अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउन निर्देशन दिएका छन् ।
यस्तै, कास्की, प्यूठान र पाल्पामा निरन्तरको वर्षापछि गएको पहिरोले पुर्याएको क्षति र तत्कालका लागि आवश्यक पर्ने राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन भइरहेका पहलबारे जानकारी लिएका छन् ।
गृहमन्त्री खाँणले लुम्बिनी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसँग पहिरोबाट गएको क्षति र तत्कालका लागि राहत तथा नागरिकलाई सुरक्षित स्थानमा पुर्याउन गरिएको पहलबारे जानकारी लिए ।
उनले उद्धार र राहतमा थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउनसमेत आग्रह गरेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसँग काभ्रेस्थलीमा एकै परिवारमा चार जना मृत फेला परेको अवस्थाबारे जानकारी लिए ।
प्युठानको जुम्रिमा तथा बुटवल–पाल्पा पर्ने सिद्धार्थ राजमार्गमा गएको पहिरो हटाएर सडक सुरु गर्ने विषयमा उनले नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डीआईजी उपाध्याय र सशस्त्रका लुम्बिनी प्रदेश प्रमुख नेम्वाङसँग जानकारी लिए । प्रहरी, सशस्त्र र स्थानीयको पहलमा अहिले पहिरो हटाएर सडक सुरु गराउने काम भइरहेको डीआइजी उपाध्यायले बताए ।
यता कास्कीको पोखरा महानगरा १६ डिहिगोपाटनमा अवस्थित लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका १ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको र घाइते भएकाहरूबारे प्रजिअ आचार्यसँग गृहमन्त्री खाँणले जानकारी लिए । घर पुरिएका सन्तोषकी दिदी सुनिता सुनार घाइते भएकी छन् । घाइते सुनिताको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रजिअ आचार्यले बताए ।
कास्कीमा परेको निरन्तरको वर्षाले पोखरा १३ कमलपोखरीमा घरहरू डुबानमा परेका छन् । घर डुबानमा परे पनि मानवीय क्षति भएको छैन । डुबानमा परेका घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको कास्की प्रशासनले जनाएको छ ।
















प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया