लिम्पियाधुरा, लिपुलेक नेपालको नक्सामा समेटेपछि प्रधानमन्त्रीबाट हट्नु पर्यो : केपी ओली
मेरोन्यूज
२०७९ साउन १६ गते १७:४०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागलाई नेपाली नक्सामा ल्याएसँगै प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् । काठमाडौँमा आयोजित पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा उनले यस्तो बताएका हुन् ।
‘नेपालको नक्साबाट त्यो भूभाग हटाइएको रहेछ, त्यसलाई सामेल गरेर नक्सा ल्याएपछि त्यतिबेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ,’ उनले भने, ‘म प्रधानमन्त्रीबाट हट्नु पर्ने छ, नभन्दै हट्नु पर्यो पनि ।’
सुगौली सन्धिले महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग भएकोमा विवाद नरहेको ओलीले जिकिर गरे ।
अन्तमा उनले भने, ‘प्रधानमन्त्रीबाट हटेकोमा पीर होइन, देश कता जाँदैछ ? त्यसमा पीर लागेको छ ।’
सम्बन्धित
















सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया