कांग्रेसलाई देशद्रोही काम गर्न लाज छैन, सरकारको काम देखेर गोरु लजायो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भिर अवस्थातिर गएको बताएका छन् । काठमाडौँमा आयोजित तुलसीलाल अमात्यको २५ औँ स्मृति दिवसका अवसरमा बोल्दै उनले नेपाली कांग्रेस सत्ता हुँदासम्म देश उधोतिर लाग्ने दाबी गरे ।
उनले तत्कालीन नेपाली कांग्रेसका प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले देशद्रोही काम गरेको भन्दै आरोप लगाए । ‘मातृका प्रसाद कोइराला नेपालको प्रधानमन्त्री भएपछि केही यस्ता काम गरे, यस्ता कुकर्म गरे, इतिहासमा कहिले बिर्सन सक्दैन,’ अध्यक्ष ओलीले भने, ‘उनले भिमदत्त पन्तलाई मारे, एउटा देशभत्तको हत्या गर्न विदेशी फौज झिकाए, यस्तो अपराध नेपाली कांग्रेस सजिलै गर्छ, उनलाई कुनै लाज घिन नै छैन–हुँदैन ।’
यस्तै, ओलीले नेपालको जलस्रोत विदेशीको हितमा लैजाने काम पनि नेपाली कांग्रेसले नै गरेको दाबी गरे । उनले तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालाकै पालामा नेपालको जलस्रोत नेपालको हितमा प्रयोग नभई अरू देशको हितमा प्रयोग हुन थालेको बताए । यसै क्रममा उनले भने, ‘मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएकैबेला उत्तरी छिमेकीको सिमानामा दक्षिणी देशको फौज लगेर १७ ठाउँमा राखे, यसरी देशको स्वाधिनतामाथि प्रश्न चिह्न खडा गरे ।’
कार्यक्रममा बोल्दै अध्यक्ष ओली नेपाली कांग्रेसले प्रजातान्त्रिक पार्टी नभएको बताउँदै प्रजातान्त्रिक शैलीमा काम गरेर देखाउन चुनौती दिए । उनले नेपाली कांग्रेसकै कारण विवादमा परेको अर्थमन्त्री पुनः सोही पदमा सिफारिस हुन पुगेको दाबी गरे ।
‘मैले उहिले भन्या थिए, गोरु नाङ्गो देख्दा मलाई लाज लाग्दैन भनेर, यसपटक सरकारको काम देखेर गोरु लजाउने काम सरकारले गर्यो, भ्रष्टाचारको केस लाग्या छ, छानबिन समितिमा आफ्नै बहुमत राख्या छ, छानबिन गर्न दिएकै छैन, छानबिन भएकै छैन, कल डिटेल हटाएको छ,’ उनले भने, ‘सीसीटीभीको फुटेज मेटाएको छ, रिभाइभ गर्दा देखिँदैन बुझिँदैन, अनि सफाइ पायो कि सफाइ पायो ।’

















इरानमाथि दबाब बढाउँदै अमेरिका : सैन्य उपस्थिति बढायाे
शेख हसिनाको विज्ञप्ति: बंगलादेशको निर्वाचन ‘पूर्वनियोजित छल र प्रहसन’
शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठकस्थल चुनबाङमा प्रचण्ड
Driver killed after car falls into Phewa Lake
सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा ४९ वर्षीय पुरुषको मृत्यु
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
4 die, 5 injured in firing incidents in Karachi
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
प्रतिक्रिया