शुक्रबार, फागुन १, २०८२

प्रभावकारी कार्य सम्पादन गर्न मन्त्री र सचिवलाई देउवाको निर्देशन

मेरोन्यूज २०७९ साउन १७ गते १७:०९

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्य योजनाको प्रभावकारी कार्य सम्पादन गर्ने सम्बन्धमा सरकारका मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार सिंहरदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन् ।

सरकारले ल्याएको बजेट कार्यान्वयनका विषयमा मन्त्रालय तहबाटै प्रभावकारी काम नभएको गुनासो आएपछि प्रधानमन्त्री देउवाले सबै मन्त्री र सचिवलाई बोलाएर निर्देशन दिएका हुन् ।

प्रतिक्रिया