भिभो स्मार्टफोन नै किन ? यस्ता छन् कारण

काठमाडौँ । देशको विकास र विस्तारमा प्रविधिले मुख्य भूमिका खेल्दै आइरहेको हुन्छ । स्मार्टफोन टेक्नोलोजीमा भएको वृद्धि र यसले स्थापना गरेको कनेक्टिभिटीले स्वदेश र विदेशका संचारको खाडललाई अन्त्य गर्दै विश्वलाई नै अझ नजिक बनाएको छ ।
नेपालमा विशेष गरी, स्मार्टफोन टेक्नोलोजीको प्रभावले उपभोक्ताहरूका लागि उत्कृष्ट आविष्कारहरू ल्याउन एकअर्कासँग प्रतिस्पर्धा गर्ने स्मार्टफोन ब्रान्डलाई जन्म दिएको छ, जसमध्ये भिभो पनि एक हो । भिभोले भी र वाई सिरिजअन्तर्गत नवीन डिजाइन र विशेषताहरू प्रदान गर्दै आइरहेको छ ।
साथै, ब्रान्डले आफ्नो क्यामेरा प्रणाली र अन्य नवीन विशेषताहरूको लागि नाम बनाउन सफल भएको छ । भिभोले नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ र उनीहरुसँग उल्लेखनीय सम्बन्ध निर्माण गर्दै आइरहेको छ । यसका टेवा पुर्याउने शीर्ष कारण यस प्रकार रहेका छन् ।
क्यामेरा
भिभोले प्रयोगकर्ताको आवश्यकता अनुसार क्यामेरा प्रणालीमा विविध विकल्पहरु प्रदान गर्ने स्मार्टफोनहरूको फराकिलो एरे ल्याएको छ । उदाहरणका लागि, यसको नवीनतम भी २३ श्रृंखलामा ५० एमपी अटोफोकश पोट्र्रेट सेल्फी र ८ एमपी सुपर वाइड–एंगल क्यामेरा छ जसले स्थिर र सार्प इमेजिङ प्रदान गर्दछ । भिभो भी२१ सिरिज लगायत भी सिरिजका स्मार्टफोनहरुले नाइट फोटोग्राफीमा पनि निपुणता हासिल गरेका छन् ।
साथै भिभो भी सिरिजले यसको उन्नत फोटोग्राफी क्षमताहरूको लागि विश्वव्यापी रूपमा चर्चा पाइरहेको छ । वाई सिरिजका स्मार्टफोनहरु, यसको प्रभावकारिताका लागि बजारमा परिचित छन्, साथै यसले आशाजनक क्यामेरा प्रविधि प्रदर्शन गरिरहेको छ ।
डिजाइन
भिभोका उपकरणहरू गहन बजार अनुसन्धानको परिणाम हो । ब्रान्डको नविनताहरु ग्राहकहरूको निरन्तर विकसित आवश्यकताहरूमा केन्द्रित छन् । बजारको प्रवित्तृअनुसार नेपाली प्रयोगकर्ताहरू हल्का र स्लिम उपकरणहरु रोज्छन् । सहज ह्यान्ड–होल्ड अनुभूतिको लागि र ट्रेन्डी डिजाइनको साथ भिभोले ग्राहकहरूको मन जितिरहेको छ । हालै लन्च गरिएको भी२३ फाइभजी ले कलर चेन्जिङ फ्लोराइट एजी डिजाइनको साथमा उद्योगको पहिलो रङ परिवर्तन गर्ने गिलास भित्र्याएर स्मार्टफोन डिजाइनको परिभाषामा आमूल परिवर्तन ल्याएको छ ।
प्रदर्शन
भिभोले उच्च प्रदर्शनका लागि विशाल ब्याट्री ल्याएको छ यद्यपी यसको समग्र एपियरेन्श यथावत छ । भी२३ सिरिज, वाई३३एस, वाई२१ जस्ता स्मार्टफोनमा शक्तिशाली ब्याट्री मात्र नभएर यसमा छिटो चार्ज गर्ने क्षमताहरू पनि छ जसले प्रयोगकर्ताहरूलाई उनीहरूको स्मार्टफोनहरू द्रुत रूपमा चार्ज गर्ने सुनिश्चित गर्दछ । यसबाहेक, भिभोको विस्तारित र्याम सुविधाले स्मार्टफोनलाई कुनै पनि समय, जहाँसुकै पनि सहज रूपमा काम गर्न अनुमति दिन्छ । भिभोले यार्मको रूपमा कार्य गर्न उपकरणमा उपलब्ध अतिरिक्त रोम स्पेस पनि प्रयोग गर्दछ । यो सुविधाले प्रयोगकर्ताहरूलाई बिना ढिलाइ एपहरू बीच स्विच गर्न र स्क्रिन फ्रिज नगरी गेमहरू खेल्न मद्दत गर्दछ ।
नवीनता
वर्षको सुरुवातमा, भिभोले भी१ चिप घोषणा गरेको थियो, जुन पूर्ण रूपमा अनुकूलित एकीकृत सर्किट चिप इमेजिङ र भिडियो अनुप्रयोगहरूमा अग्रणी एज भिजुअल गुणस्तरको लागि समर्पित छ, र कम्पनीले आर एण्ड डी र चिप डिजाइनमा महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । साथै, भिभोले यस क्षेत्रलाई फाइदा पु¥याउन फाइभजी टेक्नोलोजी प्रयोग गर्दै आएको छ र स्थानीय प्रयोगकर्ताहरूलाई उनीहरूको अनुभव बृद्धि गर्न उपलब्ध नवीनतम र उत्कृष्ट प्रविधिहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
ग्राहक सेवा
भिभोले आफ्नो प्राविधिक पक्षको लागि बढ्दो रूपमा मान्यता प्राप्त गर्दै गर्दा, स्थानीय प्रयोगकर्ताहरूलाई ग्राहक सन्तुष्टि प्रदान गर्ने ग्राहक सेवामा ध्यान दिदैं आइरहेको छ । भिभोले हरेक अंग्रेजी महिनाको २७ देखि २९ तारिखसम्म भिभो सेवा दिवस मनाउने गर्दछ । भिभोको ह्यान्ड्सेटमा लाइफ टाइम सफ्ट वेयर वारेन्टी रहेको छ । अन्य ब्रान्डले एक वर्षको वारेन्टी पिरियड दिँदै गर्दा भिभोले लाइफ टाइम सफ्टवेयर वारेन्टी दिएको छ ।
भिभो ब्रान्ड खरिद गरिएको एक महिना सम्म हार्डवेयरमा समस्या आएर पार्ट नै फेर्नुपरे नयाँ सेट नै रिप्लेस गरिन्छ । अन्य ब्रान्डको तुलनामा ५०% सस्तो स्पेयर्स पार्ट र नयाँ स्पेयर्स पार्ट्समा ३ महिना वारेन्टी दिइन्छ । विदेशबाट ल्याइएका भिभो सेटलाई पनि सर्भिसको व्यवस्था मिलाएको छ । काठमाडौं, नारायणघाट, पोखरा र इटहरीमा रहेका आफ्ना चार शाखाहरु मार्फत राष्ट्रिय स्तरका ग्राहकहरु माझ पुगेर नेपालमा ग्राहक सम्पर्कलाई रणनीतिक रुपमा सुदृढ गरेको छ ।














सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, १३ घाइते
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
नागरिक केन्द्रित सेवा प्रवाह गर्न गृहसचिवद्वारा प्रहरीलाई निर्देशन
प्रधानमन्त्रीले गरिन् निर्वाचन आयोगका पदाधिकारीसँग छलफल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया