अजोड इन्स्योरेन्सद्वारा पशुपन्छी अभिकर्तालाई तालिम सम्पन्न

काठमाडौँ । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडले गत १४, १५ र १६ गते बाँकेको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।
कार्यक्रममा अजोड इन्स्योरेन्सबाट दीपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा ३३ जना अभिकर्ता सहभागिता भएका थिए । कार्यक्रम सञ्चालन अजोडका कोहलपुर शाखाका प्रमुख निर्मल कुमार छेत्री साउदले गरेका थिए ।
अजोडलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्लाबाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालिम सञ्चालन गरेको हुनाले आफ्नो बजार विस्तार गर्न सक्रिय छ । कार्यक्रममा अजोडका लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुक भगवती रेग्मी, नेपालगञ्ज शाखाका प्रमुख रविन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति थिए ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया