गरिमा विकास बैंकले ल्यायो गरिमा डिजी बटुवा, ग्राहकलाई सबै माध्यमबाट पहुँच

काठमाडौँ । गरिमा विकास बैंकले गरिमा स्मार्ट मोबाइल बैंकिङ्ग एपको अपग्रेडेड संस्करण ‘गरिमा डिजी बटुवा’ सार्वजनिक गरेको छ । डिजी बटुवाले ग्राहकलाई आफ्नो मोबाइल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिएको छ ।
डिजिटल बैंकिङ्ग अनुप्रयोगको नविनतम संस्करण नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफट्ले विकास गरेको हो । गरिमा डिजी बटुवा डिजिटल बैंकिङ्गको सर्वव्यापी दृष्टिकोणमा आधारित छ, जसले ग्राहकहरुलाई उनीहरुको फोनबाट बैंकिङ्ग सेवाहरुको प्रयोगको लागि समान प्रणाली प्रयोग गर्न अनुमति दिएको छ । साथै अतिरिक्त सुविधाहरु जस्तै सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु मोबाइल टप–अप, बैंक इस्टेटमेन्ट, चेक इस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्ने छ ।
डिजी बटुवाका विषयमा गरिमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले भने, ‘गरिमा विकास बैंकले हाम्रा ग्राहकहरुलाई संभव भएसम्म उत्कृष्ट अनुभव प्रदान गर्ने कुरा सुनिश्चित गर्न गरिमा विकास बैंकको पछिल्लो प्रयास डिजी बटुवा हो, पछिल्लो समय डिजीटल बैंकिङ्ग एक अपरिहार्य विशेषता बनेको छ ।’
गरिमा विकास बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त विकास बैंंक हो । २०६४ सालमा स्थापना भएको बैंकले देशभर १२० शाखा, एक एक्स्टेन्सन काउन्टर र ५० वटा एटिएममार्फत ग्राहकहरुको सेवा गरिरहेको छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया