नारायणगढ–मुग्लिङ सडक खण्डमा पुनः पहिरो, बस्ती नजिकै सवारी रोक्न आग्रह

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा पुनः पहिरो जाँदा सयौं सवारी साधान रोकिन पुगेको छ । भरतपुर महानगर २९ मौरीखोला पुलमा मंगलबार राति पुनः पहिरो खसेपछि पूर्व–पश्चिमतर्फ लागेका सयौँ सवारी साधान रोकिको हो ।
पहिरो स्थललगायत आसापासमा रहेका प्रहरीले बस्ती भएको ठाउँमा सवारी साधान पार्किङ गर्न अनुरोध गरेको छ । यात्रुलाई खानपिनलगायत समस्या नहोस् भनेर प्रहरीले सवारी चालकलगायतसँग अनुरोध गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार बुधबार राति साढे २ बजेतिर मौरी खोला पुलमा पहिरो गएकाले पन्छाउने कार्य भइरहेको छ ।
उनका अनुसार सोमबार राति ११ बजे पनि पहिरो खसेपछि २३ घण्टामा सवारी खुलाइएको थियो । तर, लगत्तै बुधबार राति सोही ठाउँमा पहिरो गएका कारण सयौं सवारी साधान रोकिन पुगेका छन् । बुधवार राति खसेको पहिरोले भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा सामान्य क्षति पुगेको छ ।
















वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया