बुधबार, वैशाख २३, २०८३

बालिकालाई बलात्कार गरेको आरोपमा पुरुष पक्राउ

मेरोन्यूज २०७९ साउन १८ गते ११:००

काठमाडौँ । सिरहा प्रहरीले बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका १० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्मालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो ।

Advertisement
NiccNicc

घरमा एक्लै टोलाउने, झोक्राएर बस्ने गरेका बालिकालाई अभिभावकले सोधखाज गर्दा आफूमाथि करणी भएको बताएपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।

प्रहरीले विश्वकर्मालाई तत्काल पक्राउ गरी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिरहाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया