सोमबार, माघ ५, २०८२

मनकामना केबलकारको सेवा ६ हप्ता बन्द हुने

मेरोन्यूज २०७९ साउन १८ गते १२:०६

काठमाडौँ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले प्रविधि स्तरोन्नति गर्ने प्रयोजनका लागि आगामी २३ गतेदेखि सेवा बन्द गर्ने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नका लागि सेवा बन्द गर्ने भएको हो ।

यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने छ । चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्म जान यात्रुहरूलाई थप सहज र भर पर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो । स्तरोन्नति कार्य अष्ट्रियाका प्राविधिकले गर्ने छन् ।

स्तरोन्नति कार्य करिब पाँचदेखि छ हप्तामा सम्पन्न हुने छ । यस अवधिभर केबलकार सेवा बन्द रहेता बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ ।

प्रतिक्रिया