३ पेस्तोल, ४ किलो सुन र डलरसहित धादिङका गुण्डा नाइके ‘बेगे’ पक्राउ

काठमाडौं । उत्तरी धादिङमा खुंखार गुण्डा नाइकेको रुपमा परिचित बेगे भनिने बेग बहादुर तामाङ पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट तीन वटा पेस्तोल ५ किलो सुन र केही अमेरिकी डलर समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेग बहादुर लपाङफेँदीबाट धादिङवेशी आउँदै गर्दा पक्राउ परेका हुन् । ग १ ज ६७५३ नम्बरको मस्ताङ फोर्स गाडीमा धादिङ आउँदै थिए । पछाडी सिटमा यात्रा गरि आएका उनको साथबाट शुरुमा एक किलो फाइन गोल्ड ९सुन० १ थान, ५० को ९७ वटा अमेरिकी डलर, सय दरको अमेरिकी डलर १६३ वटा फेला परेको थियो ।
त्यस्तै प्रहरीले उनको साथबाट २ वटा मोबाइल फोन पनि बरामद गरेको थियो । उनलाई पक्राउपछि बयानको क्रममा थप शंकाष्पद देखिएपछि प्रहरीले उनको घरमा समेत छापा मारेको थियो । प्रहरीले साउन आजै उनको घरमा प्रहरी इन्सपेक्टरको टोली खटाएर छापा मारेको थियो । घरमा छापा मार्ने क्रममा एक थान अमेरिकी पेस्तोल, एक थान थाइनिज पस्तोल र अर्को एक थान कटुवा पेस्तोल फेला पारेको थियो ।
त्यस्तै उनको घरमा लुकाइराखेको अवस्थामा २० राउन्ड गोली, कटुवामा लाग्ने १ थान गोली पनि बरामद भएको थियो । एक किलो फाइन गोल्ड लेखिएको सुन र ५०० ग्राम लेखिएको सुन जस्तो देखिने ४ थान बिस्कुट आकारको सुन फेला पारेको छ । प्रहरीका अनुसार उनको साथबाट ४ किलो सुन बरामद भएको छ । उनीसँगै प्रहरीले शोभा तामाङलाई पनि पक्राउ गरेको छ ।
















ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया