३ पेस्तोल, ४ किलो सुन र डलरसहित धादिङका गुण्डा नाइके ‘बेगे’ पक्राउ

काठमाडौं । उत्तरी धादिङमा खुंखार गुण्डा नाइकेको रुपमा परिचित बेगे भनिने बेग बहादुर तामाङ पक्राउ परेका छन् । प्रहरीले उनको साथबाट तीन वटा पेस्तोल ५ किलो सुन र केही अमेरिकी डलर समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बेग बहादुर लपाङफेँदीबाट धादिङवेशी आउँदै गर्दा पक्राउ परेका हुन् । ग १ ज ६७५३ नम्बरको मस्ताङ फोर्स गाडीमा धादिङ आउँदै थिए । पछाडी सिटमा यात्रा गरि आएका उनको साथबाट शुरुमा एक किलो फाइन गोल्ड ९सुन० १ थान, ५० को ९७ वटा अमेरिकी डलर, सय दरको अमेरिकी डलर १६३ वटा फेला परेको थियो ।
त्यस्तै प्रहरीले उनको साथबाट २ वटा मोबाइल फोन पनि बरामद गरेको थियो । उनलाई पक्राउपछि बयानको क्रममा थप शंकाष्पद देखिएपछि प्रहरीले उनको घरमा समेत छापा मारेको थियो । प्रहरीले साउन आजै उनको घरमा प्रहरी इन्सपेक्टरको टोली खटाएर छापा मारेको थियो । घरमा छापा मार्ने क्रममा एक थान अमेरिकी पेस्तोल, एक थान थाइनिज पस्तोल र अर्को एक थान कटुवा पेस्तोल फेला पारेको थियो ।
त्यस्तै उनको घरमा लुकाइराखेको अवस्थामा २० राउन्ड गोली, कटुवामा लाग्ने १ थान गोली पनि बरामद भएको थियो । एक किलो फाइन गोल्ड लेखिएको सुन र ५०० ग्राम लेखिएको सुन जस्तो देखिने ४ थान बिस्कुट आकारको सुन फेला पारेको छ । प्रहरीका अनुसार उनको साथबाट ४ किलो सुन बरामद भएको छ । उनीसँगै प्रहरीले शोभा तामाङलाई पनि पक्राउ गरेको छ ।
















धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया