अमेरिकी सिनेटद्वारा स्विडेन र फिनल्यान्डलाई नेटोमा सहभागी हुने प्रस्ताव पारित
मेरोन्यूज
२०७९ साउन १९ गते ८:०३

न्युयोर्क । अमेरिकी सिनेटलेस्वीडेन र फिनल्याण्डको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रवेशमा अनुमोदन गरेको छ । युक्रेनमा रुसी हमलाको पृष्ठभूमिमा नेटो विस्तारलाई कडा समर्थन गरेको छ ।
दुबै देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान गरेका थिए । प्रस्तावको विपक्षमा एक मात्र सदस्य रिपब्लिकन जोश हाउली थिए । वासिंगटनले युरोपको सट्टा चीनको चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्ने उनको भनाइ थियो ।
फेब्रुवरी २४ मा रुसले युक्रेनमाथि हमला गरेपछि पश्चिमा देशमा एकताको संकेत देखिएको सिनेट लिडर चुक सुमरले बताए ।
‘पुटिनले युक्रेनमा आफ्नो युद्धलाई पश्चिमलाई विभाजित गर्न प्रयोग गर्ने प्रयास गरेका छन् । बरु, आजको मतदानले हाम्रो गठबन्धन पहिलेभन्दा बलियो भएको देखाउँछ’, उनले भने ।
सम्बन्धित
















प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
संविधान संशोधन कार्यदलले पूर्वमहान्यायाधीवक्ताहरुसँग छलफल गर्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया