बर्षमान पुन भन्छन् : एमाले नेताहरुसँग कुराकानी भइरहेको छ, तालमेल वा एकता हुन सक्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओलीले विगतका गल्ती स्वीकार गरे चुनावी तालमेल वा पार्टी एकता हुन सक्ने बताएका छन् ।
विगतमा एमालेले वामपन्थी रुझान देखाएकाले एकता भएको र दक्षिणपन्थी रुझान देखिएपछि अलग भएको भन्दै पुनले गल्तीको महसुस गरे एकताको ढोका खुल्ने बताए । सहकार्यका लागि प्रतिनिधिसभा विघटनका विषयमा एमालेले गल्ती स्वीकार गर्नुपर्ने सर्त पुनले अघि सारे ।
‘एमाले अध्यक्ष र मुल नेतृत्वले हिजोका गल्तीहरुको महसुस ग¥यो भने विस्तारै मोर्चाबन्दी हुन्छ, गठबन्धन हुन्छ’, कान्तिपुर टेलिभिजनको कार्यक्रम टफ टकका लागि पत्रकार दिलभुषण पाठकसँग कुरा गर्दै पुनले भने, ‘गल्तीको महसुस गर्ने बित्तिकै रातारात पार्टी एकता त नहोला, तर सहकार्यको ढोका खुल्छ ।’
पुनले एमाले नेताहरुसँग आफूहरुको संवाद भइरहेको समेत खुलासा गरे । दीर्घकालिनरुपमै काँग्रेससँग सहकार्यको नीतिमा आफूहरु नरहेको स्पष्ट गर्दै उनले वामपन्थी र विचार मिल्ने शक्तिहरुसँग सहकार्य र एकताको प्रक्रियामा अघि बढ्ने बताए ।
‘हिजो हामीले एउटै पार्टी बनायौं । पहिलो अध्यक्ष र प्रधानमन्त्री ओलीजी हुनुहुन्थ्यो । उहाँले पार्टी र सरकारलाई ठीक ढंगले ड्राइभ गर्न सक्नुभएन । न सरकारको पर्फमेन्स राम्रो भयो । ६ वटा प्रदेशमा एब्सुलेट बहुमत थियो । संघमा दुई तिहाइको सरकार थियो । विकासको जग, सुशासनको जग बसाल्नुपर्ने थियो, त्यो भएन । पार्टी पनि पारदर्शी ढंगले सामूहिकताका आधारमा चलाउनुपर्नेमा त्यो भएन’, उनले भने, ‘फेरि यी कुराहरु करेक्सन भयो भने एकता पनि हुन्छ, तालमेल पनि हुन्छ गठबन्धन पनि हुन्छ । कुनै आश्चर्यको कुरा होइन । म वामपन्थीहरु मिल्नुपर्छ भन्नेमा हो ।’
पुनले संविधान र व्यवस्था बचाउन काँग्रेससँग गठबन्धन गरेको चर्चा गर्दै तत्काल गठबन्धन टुटाउन नखोजेको स्पष्ट गरे । आफू ओली प्रधानमन्त्री हुँदा मन्त्रीका रुपमा रहेको र संसद विघटन गरेकै दिन राजीनामा दिएको स्मरण गरे । मन्त्री पद नै छाडेर काँग्रेससँगको गठबन्धन निर्माणमा भूमिका खेलेकाले वर्तमान सत्ता गठबन्धनसँग आफ्नो लगाब रहेको उल्लेख गरे । यद्यपि काँग्रेस एक्लै चुनावमा जाँदा यसअघिको २३ सिटबाट खुम्चिने उनले बताए ।
अघिल्लो निर्वाचनबाट माओवादी प्रत्यक्षतर्फ ३७ सिटसहित दोश्रो दल बनेको कुरालाई काँग्रेसले हेक्का राख्नुपर्ने उल्लेख गरे । माओवादीसँग नमिले २३ सिटबाट तल झर्ने यथार्थलाई बुझ्न काँग्रेस नेतृत्वलाई चेतावनी दिए । ‘हाम्रो ३७ सिट थियो । अहिले केही बढ्छ, काँग्रेस २३ सिटमा थियो अहिले बढ्छ’, उनले भने, ‘फेरि वाम शक्ति मिल्दा काँग्रेस ५ वा ७ सिटमा जान्छ । काँग्रेस र वाम–लोकतान्त्रिक शक्ति मिल्दा एमाले ९ सिटमा झर्छ, यो सबैले भनिराखेको कुरा हो ।’
नेपालमा परम्परागत शक्तिको नेतृत्व काँग्रेसले र प्रगतिशिल वामपन्थी शक्तिको नेतृत्व माओवादी केन्द्रले गर्ने भन्दै उनले तत्काल एमालेसँग सम्भावना नभए माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई, वामदेव गौतम र उपेन्द्र यादवसम्म एउटै मोर्चामा सहभागी भएर निर्वाचनमा जाने सम्भावना रहेको औंल्याए ।
वाम-लोकतान्त्रिक गठबन्धन काँग्रेस–एमाले हाराहारीको शक्ति बन्ने र मुलुकको राजनीतिमा त्रिपक्षीय शक्ति सन्तुलन देखा पर्ने दाबी उनको थियो । देशमा काँग्रेसले परम्परावादी शक्ति र आफूहरुले प्रगतिशील वामपन्थी शक्तिको अगुवाई गरिरहेको भन्दै पुनले एमाले कहिले वामजस्तो र कहिले परम्परावादी शक्ति जस्तो देखिँदै आएको टिप्पणी गरे ।
‘एमाले संक्रमणमा छ, उसले आफ्नो पोजिशन स्पष्ट गर्नुपर्छ । पोजिशन स्पष्ट गर्दै जाँदा वाम-समाजवादी गठबन्धनमा पनि आउन सक्छ’, उनले भने ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया