वरिष्ठ सहसचिव डा दीपक काफ्ले सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव डा. दीपक काफ्लेलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले काफलेलाई सचिबमा बढुवा गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव त्रय डा. काफ्लेसहित नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको थियो । जसमध्ये काफलेको नाम पहिलो नम्बरमा राखेर बढुवा सिफारिस गरिएको थियो ।
बिहीबार बसेको बैठकले सोही आधारमा पहलिो सूचीमा रहेका काफ्लेलाई नै बढुवा गर्ने निर्णय गरेको हो ।
डा. काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने अनिवार्य अवकाशमा गएसँगै प्रशासन तर्फ एक सचिव पद रिक्त भएको थियो । त्यही रिक्त पदमा सरकारले काफलेको बढुवा गरेको हो ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
प्रतिक्रिया