वरिष्ठ सहसचिव डा दीपक काफ्ले सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव डा. दीपक काफ्लेलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले काफलेलाई सचिबमा बढुवा गर्ने निर्णय गरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव त्रय डा. काफ्लेसहित नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको थियो । जसमध्ये काफलेको नाम पहिलो नम्बरमा राखेर बढुवा सिफारिस गरिएको थियो ।
बिहीबार बसेको बैठकले सोही आधारमा पहलिो सूचीमा रहेका काफ्लेलाई नै बढुवा गर्ने निर्णय गरेको हो ।
डा. काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने अनिवार्य अवकाशमा गएसँगै प्रशासन तर्फ एक सचिव पद रिक्त भएको थियो । त्यही रिक्त पदमा सरकारले काफलेको बढुवा गरेको हो ।
















कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
ICC T20 World Cup Global Qualifiers: Ireland trounces Thailand
441 polling stations in Karnali Province are highly sensitive
इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा
मुग्लिन-मलेखु सडकको म्याद ६ महिना थपियो
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया