मंगलम पाइप्सको डिलरहरुद्वारा मंगलम इन्डस्ट्रिजको फ्याक्ट्री भ्रमण

काठमाडा । नेपालको अग्रणी पाइप तथा फिटिङ्स् उत्पादक र निर्यातकर्ता मंगलम इन्डस्ट्रिजका काठमाडौं स्थित डिलरहरुले गत श्रावण १३ गते शुक्रबार रुपन्देहीको ढक्दै स्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । यस्तै गरी असार १८ गते पोखरा र चितवनका डिलरहरुले पनि फ्याक्ट्री अवलोकन गरेका थिए ।
उद्योगमा भएका अत्याधुनिक उपकरणहरु र उत्पादन प्रकृयाको बारेमा प्रत्यक्ष अनुभव दिने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ । उक्त अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्य लगायत उपस्थित डिलरहरुको सहभागिता रहेको थियो । उक्त अवलोकन भ्रमण लुम्बिनीको पवन प्यालेसमा एक अन्तरक्रियात्मक कार्यक्रमको साथ समापन गरिएको थियो ।

अवलोकनको बारेमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने , “यो अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ। हाम्रा उपभोक्ताहरुको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै हाम्रा डिलरहरु हुन्। आफ्नो महत्त्वपूर्ण समय निकालेर अवलोकन गर्न आइदिनु भएकोमा उहाँँहरुलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । उहाँँहरुको सक्रिय सहभागिताले हामीलाई भविष्यमा पनि यस्तो अवलोकन कार्यक्रम आयोजना गर्न हौसला मिलेको छ र पक्कै पनि हामी यस्ता कार्यक्रमहरु आयोजना गर्दै जानेछौँ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया