चितवन–मुग्लिङ सडक खण्डको केराबारीमा फेरी पहिरो
मेरोन्यूज
२०७९ साउन २० गते ८:४१

चितवन । चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ।
भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो गए पछि राति २ बजेदेखि सडक अवरुद्ध भएको हो।
चितवन प्रहरीका अनुसार राती गएको सो पहिरो पन्छाएर खडक खुलाउने प्रयास भइरहेको छ। गत सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको हो ।
बुधबार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो। तर, गएराति फेरि पहिरो गएको हो। पहिरो गएका कारण लामो यात्रामा रहेका यात्रुहरु पुनः समस्यामा परेका छन ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया