सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले बनाएको कार्यदलमा को-को छन् ?

काठमाडौं । सत्ता गठबन्धन दलले प्रतिनिधीसभा र प्रदेश सभा चुनावमा तालमेल गरेर जाने औपचारिक निर्णय गरेपछि त्यस अनुसारको सिट बाँडफााटको तयारीका लागि कार्यदल समेत गठन गरेका छन् । चुनावी सिट बाँडफाँटका लागि गठबन्धन दलले ११ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई-दुई जना सदस्य राखिएका छन् ।
कांग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की , माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा कार्यदलमा रहेका छन् ।
त्यस्तै, नेकपा एसबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ सदस्य छन् ।
त्यस्तै राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेको छन् ।
उनीहरुले सिट बााडफााटको नीतिगत मापदण्ड बनाउनेछन् । त्यसपछि कार्यादलले दिएको रिपोर्टका आधारमा गठबन्धन दलका शीर्ष नेताहरु बसेर भदौं पहिलो सातासम्ममा सिट बाँडफाँटको अनितम टुग्गो लगाउने गठबन्धन दलका बीचमा समझदारी बनेको छ ।
कार्यदलले साउन मसान्तभित्र सबै निर्वाचन क्षेत्रको तथ्य आँकलन गरी सीट बाँडफाँटको मोडालिटीसहितको सुझाव पेस गर्ने बताइएको छ ।

















अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया