जापान पुगेर प्रचण्डले भने – आबेसँग भेटने इच्छा थियो, पूरा हुन पाएन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेसँग जापानमै आफुले भेट गर्ने इच्छा राखेपनि पूरा हुन नपाएको बताएका छन् ।
उनले आबेसँग आफनो दुई पटक भेटवार्ता भएको स्मरण गँदै उनको हत्यापछि आफुलाई निक्कै दुःख लागेको बताएका थिए । जापान पुगेका प्रचण्डले विमानस्थलमै नेपालीहरुसँग छोटो कुराकानी गदैं प्रचण्डले त्यस्तो बताएका हुन् ।
जापानका पूर्व प्रधानमन्त्री आबेको गत असारमा हत्या भएको थियो । ‘उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो । त्यो चाहिं पूरा भएन । बडो दुर्भाग्यपूर्ण घटना भयो । जापानका लागि त यो विरलै हुने घटना हो,’ प्रचण्डले भने ।
उनले आवेकै घरमा पुगेर परिवारजनमा समवेदना ब्यक्त गर्न जाने मन भएपनि अहिले त्यो सम्भव नहुने तर अन्य जापानका राजनीतिक दलका नेताहरुसँग भने भेटवार्ता र छलफल हुने वताए ।
‘राजनीतिक दलका नेताहरुसँग केही न केही छलफल हुन्छ,’ प्रचण्डले भने । राष्ट्रिय सभाका अध्यक्ष र आफनो जापान भ्रमणले दुई देशका वीचमा सौहाद्र्रपूर्ण बाताबरण बनाउँदै लैजाने विश्वास ब्यक्त गरे । केही दिन अगाडी मात्रै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले पनि जापान भ्रमण गरेका थिए । प्रचण्ड आजै विहान जापान पुगेका हुन् । उनलाई नेपाली राजदुतले स्वागत गरेका थिए ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया