लमजुङका किसानलाई बाँदर धपाउन बन्दुक

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले कृषकलाई बाँदर धपाउन बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ९ वटै वडाका कृषकहरूलाई ८० प्रतिशत अनुदानमा बाँदर धपाउने बन्दुक विरतण गरिएको हो।
बाँदरले आतंक मच्चाएपछि किसानहरूले अधिकांश खेतीयोग्य जमिन बाँझो छाडेका छन्। टुसाउँदै गरेका बिरुवादेखि पाकेर थन्क्याउन ठिक्क भएका बालीनालीसमेत बाँदरले नष्ट गर्न थालेपछि किसानले खेती गर्न छाडेका हुन्। बाँदर धपाउने बन्दुक वितरणले राहत महशुस भएको दोर्दीका किसान राम बहादुर थापा बताउँछन् ।
राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिबन्दुक दुई हजार सात सयमा खरिद गरेर कृषकलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । उनले भने -बादरले बालीनाली खाएर कृषकले नोक्सानी बेहोर्नु परेपछि बन्दुक उपलब्ध गराएका हौँ ।
बाँदर धपाउन सजिलो होस भनेर पहिलो चरणमा १ सय २६ बन्दुक बाँडेका छौँ, अध्यक्ष अधिकारीले भने, -यसको उपयोगिता राम्रो देखियो भने, पछि अरू पनि वितरण गर्ने गाउँपालिकाको योजना छ ।
वडामा १४-१४ वटाका दरले १ सय २६ थान बन्दुक वितरण गरिएको छ। अन्न, तरकारी, फलफूललगायत बालीनाली बाँदरले सखाप पारेपछि दोर्दीका किसान चिन्तित थिए ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया