मंगलबार, वैशाख १५, २०८३

कोभिडबिरुद्धको खोप नलाएकाहरुको ज्यान गयो

मेरोन्यूज २०७९ साउन २२ गते १०:०८

काठमाडौं । सरकारले कोभिडबिरुद्धको खोप अनिवार्य रुपमा लगाउन अनुरोध गरेको छ । पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेको व्यक्तिलाई बुस्टर डोज लिन समेत सरकारले आग्रह गरेको हो ।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र विश्व स्वास्थ्य संगठनको आयोजनामा भएको अन्र्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखा (इडीसीडी)का महामारी व्यवस्थापन शाखा प्रमुख डा.खगेश्वर गेलालले पछिल्लो पटक कोभिड संक्रमणमा परी ज्यान गुमाउने मध्ये ७६ प्रतिशतले कोभिडबिरुद्धको खोप नलगाएको पाइएको बताए । गत शुक्रबारसम्म साउन यता १७ जनाको कोरोनाकै कारण ज्यान गएको छ । ज्यान जानेमा अधिकाश ४९ बर्ष माथि रहेको थिए ।

Advertisement
NiccNicc

उनलेभने ‘पछिल्ला केही सातामा १७ जनाको ज्यान गएको छ । जसमा १३ जनाले कोभिडबिरुद्धको खोप लगाएका नलगाएका पाइयो । भने अन्य तीन जनाले बुस्टर डोज नलिईएको पाएको छ । यसले पनि खोपको महत्व कति छ भन्ने देखाउँछ । खोप नलगाएका व्यक्तिमा कोभिड हुँदा त्यसले ज्यानै जानसक्ने खतरा समेत बढी हुने देखिएको छ । ’

पछिल्लो पटक नेपालमा कोभिडविरुद्धको खोप पर्याप्त मात्रामा उपलव्ध छ । तर ७५ प्रतिशत बढीले बुस्टर डोज लिएका छैनन् ।

उनका अनुसार कोभिडबाट मृत्यु भएका १७ मध्ये १२ जनामा एक भन्दा बढी दीर्घ रोग भएको र एक जना बाहेक सबैको उमेर ४९ बर्ष माथि रहेको छ । महाशाखाले २१ बर्ष देखि ८५ बर्ष उमेर समूहका व्यक्तिहरुको ज्यान गएको उल्लेख गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० मध्ये १२ बर्ष माथि ८८.४ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । कुल जनसंख्यामा भने यो प्रतिशत ७०.६ प्रतिशत हुन आउँछ ।

प्रतिक्रिया