भारतमा मंकीपक्स पुष्टि भइसकेको हुदाँ नेपालमा जोखिम बढ्यो, सचेत बनौं

काठमाडौं । नेपालमा मंकीपक्सको जोखिम अत्यधिक रहेको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले जनाएको छ । विश्वका विभिन्न देशसंगै छिमेकी मुलुक भारतमा समेत मंकीपक्स पुष्टि भइसकेको अवस्थामा नेपालमा जोखिम बढेको भन्दै न्युनीकरणका लागि काम भईरहेको डब्लुएचओले जनाएको हो ।
शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपाल आयोजना र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित कोभिड १९ महामारी तथा मंकीपक्सको वर्तमान अवस्था र तयारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डब्लुएचओ नेपालका प्रमुख डा राजेश संभाजीराव पाण्डवले मंकीपक्सलाई नजिकबाट नियालिरहेको बताए। उनले मंकीपक्स छिमेकी मुलुक भारतमा देखिएर मानिसको ज्यान समेत लिईसकेको अवस्था रहेको भन्दै नेपालले सावधानीमा जोड दिनुपर्ने बताए ।
उनले भने, ‘नेपालमा हालसम्म मंकीपक्सको केस भेटिएको छैन। तर पनि यसको जोखिमलाई हामीले नजिकबाट नियालिरहेका छौँ। अहिले नेपालमै मंकीपक्सको परीक्षण हुने हुन्छ। त्यसैले केस भेटिएपनि परीक्षणमा समस्या छैन।’
त्यसैगरी, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले नेपालमा अहिलेसम्म शंकास्पद चारको नमुना परीक्षण गरिएको तर उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको बताए ।
अहिले मंकीपक्सको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुदै आएको समेत उनले जानकारी दिए । उनका अनुसार मंकीपक्सको परीषणका लागि डव्लुएचओले २५० वटा टेष्टकिट उपलव्ध गराईसकेको छ । उनले देशका १६ वटा ठूला सरकारी अस्पताललाई मंकिपक्सको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिएको भन्दै त्यहाँका १६ जना डर्माटोलोजिष्टलाई यसको विज्ञको रुपमा खटाइएको जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा.भक्तबहादुर केसीले कोभिड १९ को संक्रमण बढिरहेको र नयाँ प्रकोपको रुपमा मंकीपक्स थपिएको अवस्थाले स्वास्थ्य क्षेत्रमा चुनौती थपिएको बताए ।
डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा चथुरा इदिरीसुरियाले अफ्रिका, युरोप, मध्यपूर्वी एसिया देशबाट पनि नेपालमा पर्यटक आउने सक्ने भएकाले जोखिम बढेको जानकारी दिए ।
उनका अनुसार मङ्कीपक्सबाट मङ्कीपक्सको शङ्का वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, सङ्क्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, सङ्क्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने, निययमितरूपमा साबुन पानीले हात हुने वा सेनिटाइजर प्रयोग गर्ने, घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने, सङ्क्रमित व्यक्तिको लुगा, तौलिया, ओछ्यान र भाँडा तातो पानी, साबुन वा डिटर्जेन्टले धुने गर्नुपर्दछ ।
मङ्कीपक्सको सङ्क्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिले पिसिआर परीक्षण गर्ने, सङ्क्रमितको सम्र्पकमा आएको सतह स्थान वा कोठा डिटर्जेन्टले निसङ्क्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने र फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपदछ ।
















भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति
President Paudel lays foundation for Bhanu Literary Park in Tanahu
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
Chinese Ambassador calls on Minister Pokharel
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
कांग्रेस संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन कार्यक्रम आजका लागि स्थगित
प्रतिक्रिया