फ्रोजन मिटमा कोभिड–१९ भाइरस एक महिनासम्म बाँच्न सक्छः अध्ययन

न्युयोर्क । हालै गरिएको एक अध्ययन अनुसार सार्क–कोभ–२ भाइरस फ्रोजन माछा र सुँगुरको मासुमा ३० दिनसम्म बाँच्न सक्छन् । प्याकेज गरिएको मासु भाइरसको स्रोत भएको आशंकामा फ्रोजन गरिएका कुखुरा, गाईको मासु, सुँगुर र साल्मनमा अनुसन्धान गरिएको थियो ।
अनुसन्धानको नतिजा ११ जुनमा अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी जर्नल एप्लाइड एण्ड इन्भाइरोमेन्टल माइक्रोबायोलोजीमा सार्वजनिक गरिएको थियो ।
अन्वेषकहरूले मासु र माछाका उत्पादनहरूलाई फ्रिज (४ डिग्री सेल्सियस) र फ्रिजरको तापक्रम (माइनस २) डिग्री सेल्सियस०मा भण्डारण गरेका थिए ।
अमेरिकाको क्याम्पबेल युनिभर्सिटीका सहायक प्राध्यापक एमिली एस बेलीले भने, ‘तपाईंले फ्रिजमा मासुलाई ३० दिनसम्म सुरक्षित राख्न सक्नुहुन्न, तर तपाईंले यसलाई लामो समयसम्म फ्रिजरमा राख्न सक्नुहुन्छ ।’ बेलीले एक विज्ञप्तिमा भने, ‘हामीले यो पनि पत्ता लगायौं कि भाइरसहरू लामो समयसम्म कल्चर्ड हुन सक्छ ।’
कोभिड–१९ महामारी समुदायमा फैलनुअघि दक्षिणपूर्वी एसियामा देखिएको पत्ता लगाएपछि अनुसन्धानकर्ताहरूले अध्ययन गर्ने निर्णय गरेका थिए । बेलीका अनुसार यो अध्ययन महत्वपूर्ण छ किनभने सार्स–कोभ–२ श्वासप्रश्वासमा मात्र नभएर पेटमा पनि बढ्न सक्छ ।










निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया