सोमबार, वैशाख १४, २०८३

फ्रोजन मिटमा कोभिड–१९ भाइरस एक महिनासम्म बाँच्न सक्छः अध्ययन

मेरोन्यूज २०७९ साउन २२ गते १२:०९

न्युयोर्क । हालै गरिएको एक अध्ययन अनुसार सार्क–कोभ–२ भाइरस फ्रोजन माछा र सुँगुरको मासुमा ३० दिनसम्म बाँच्न सक्छन् । प्याकेज गरिएको मासु भाइरसको स्रोत भएको आशंकामा फ्रोजन गरिएका कुखुरा, गाईको मासु, सुँगुर र साल्मनमा अनुसन्धान गरिएको थियो ।

Advertisement
NiccNicc

अनुसन्धानको नतिजा ११ जुनमा अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी जर्नल एप्लाइड एण्ड इन्भाइरोमेन्टल माइक्रोबायोलोजीमा सार्वजनिक गरिएको थियो ।
अन्वेषकहरूले मासु र माछाका उत्पादनहरूलाई फ्रिज (४ डिग्री सेल्सियस) र फ्रिजरको तापक्रम (माइनस २) डिग्री सेल्सियस०मा भण्डारण गरेका थिए ।

अमेरिकाको क्याम्पबेल युनिभर्सिटीका सहायक प्राध्यापक एमिली एस बेलीले भने, ‘तपाईंले फ्रिजमा मासुलाई ३० दिनसम्म सुरक्षित राख्न सक्नुहुन्न, तर तपाईंले यसलाई लामो समयसम्म फ्रिजरमा राख्न सक्नुहुन्छ ।’ बेलीले एक विज्ञप्तिमा भने, ‘हामीले यो पनि पत्ता लगायौं कि भाइरसहरू लामो समयसम्म कल्चर्ड हुन सक्छ ।’

कोभिड–१९ महामारी समुदायमा फैलनुअघि दक्षिणपूर्वी एसियामा देखिएको पत्ता लगाएपछि अनुसन्धानकर्ताहरूले अध्ययन गर्ने निर्णय गरेका थिए । बेलीका अनुसार यो अध्ययन महत्वपूर्ण छ किनभने सार्स–कोभ–२ श्वासप्रश्वासमा मात्र नभएर पेटमा पनि बढ्न सक्छ ।

प्रतिक्रिया