महालक्ष्मी विकास बैंकको नाफामा उछाल, ४४.२१ प्रतिशतले बढ्यो नाफा

महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/०७८ को तुलनामा ४४.२१ प्रतिशतले बढाएको हो ।
बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो । बैंकको निक्षेप र कर्जा क्रमश ३९ अर्ब ८८ करोड १२ लाखबाट १५.०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२.९३. प्रतिशतले बढेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा निष्कृय कर्जा अनुपात २.८० प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा ०.३७ प्रतिशतले सुधार भई २.४३ प्रतिशत पुगेको छ ।
अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आबमा २० प्रतिशत बोनस सेयर दिएर ४ अर्ब १ करोड ८ लाख पुयाएको छ ।
बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ बढेर २३.७३ रुपैयाँ पुगेको छ ।
यस्तै पूँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा शेयरधनी पूंजी कोष ५ अर्ब ५७ करोड ९३ लाख रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा शेयरधनी पूंजी कोष ६ अर्ब ४२ करोड ९ लाख छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।














प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदावार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
धरान बस दुर्घटना अपडेटः मृतकको पहिचान खुल्यो
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया