के पोष्टर गर्ल रामकुमारी झाँक्री एमाले प्रवेश गर्दै छिन् ?

काठमाडौँ । जनआन्दोलन २०६२/०६३ मा पोष्टर गर्लको उपाधि पाएकी रामकुमार झाँक्री यतिबेला आफ्नै पार्टीका अध्यक्ष माधव नेपालसँग जुहारी खेलेपछि थप चर्चामा आएकी छन् । गत वर्ष भदौमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्ने बेला उनै नेपाललाई धेरै नेताहरूले साथ छोड्दासमेत आफैले हात समातेर निर्वाचन आयोग पुगेकी थिइन्, उनी ।
अहिले उनै नेपालले शिलन्यास गरेको दुई विकास निर्माणको विषयमा सामाजिक सञ्जालमा झाँक्री मुडभेडमा उत्रिएकी हुन् । यसले पार्टीभित्र विवाद चुलिएको छ । मन्त्री पदबाट बाहिरिएपछि अध्यक्ष नेपालसँग कुनै पनि प्रकारको भेटघाट नभएको तथा आवश्यकता पनि नभएको बताउँदै आएकी उनले एमालेलाई गाली गर्न छाडेकी छन् ।
उनी मन्त्री भएदेखि नै एमाले र त्यसको अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्न छाडेकी थिइन् । अहिले पार्टीभित्र खेदाइमा परेपछि एमालेतिर आकर्षण बढेको हो कि भन्ने शंका उत्पन्न भएको छ । पार्टीको सचिवसमेत रहेकी झाँक्रीले आफू पार्टीको सचिव रहेको तर कुनै पनि जिम्मेवारी नभएको बताउन थालेकी छन् ।
त्यतिमात्र होइन, आफू रहेको पूर्व मन्त्रालयबाट विनियोजन भएको रकमको र कार्यक्रमबारे टीका टिप्पणी गर्न थालेकी छन् । यसले पार्टीमा माथिल्लो तहमा रहेका नेतृत्व एकअर्काको आरोप प्रत्यारोपमा उत्रिएको र विवाद सतहमा आएको छ । जसका कारण उनी एमालतिर आकर्षित भएकी हुन् कि भन्ने अनुमान लगाउन थालिएको छ ।
सहरी विकास मन्त्रीबाट बाहिरिनु परेपछि झाँक्री पार्टी अध्यक्ष नेपालप्रति असन्तुष्ट थिइन् । मन्त्रालय छाड्नेबेला आँशु बगाएर उनले मन्त्रालय छाडेकी थिइन् । त्यसबेला उनको आलोचना तीव्र भएको थियो । उनले सार्वजनिक कार्यक्रमबाट नेता नेपालको कार्यशैलीबारे अहिले टीका टिप्पणी गर्न थालेपछि उनीमाथि शंका उत्पन्न भएको हो ।
हालै एक टेलिभिजनबाट प्रसारित अन्तर्वार्ताका क्रममा उनले पार्टी अध्यक्ष नेपालले रौतहट जिल्लामा बिना बजेट, बिना योजनाको विकासको काम उद्घाटन गरेको भन्दै आलोचना गरेकी थिइन् । त्यसलाई लिएर शहरी मन्त्रालयले खण्डन गर्न थालेको छ । त्यतिमात्र होइन पार्टीका शीर्ष नेताहरूले झाँक्रीको टिप्पणीलाई रुचाएका छैनन् । स्वंयम झाँक्रीले आफूले विधिको कुरा गरेको भन्दै सामाजिक सञ्जाल रंग्याएकी छन् ।
आफ्नै पार्टी अध्यक्षको आलोचना गरेपछि सोही दलका नेता एवं हालका सहरी विकास मन्त्री मेटमणि चौधरीले मन्त्रालयका प्रवक्ता प्रदीप परियारलाई विज्ञप्ति निकाल्न लगाएर खण्डन गरेका थिए । उनले सो विज्ञप्तिसहित फेसबुकबाट आफूले पनि खण्डन गरेका छन् ।
‘पूर्व प्रधानमन्त्री एवं पार्टीका श्रद्धेय अध्यक्ष कमरेड माधव कुमार नेपालले सहरी विकास मन्त्रालयले आयोजना गरेको रौतहट जिल्लाको विभिन्न आयोजनाको शिलान्यास विषयमा भ्रम फैलाउने गरी केही मिडियामार्फत प्रसारण भएको सुन्दा अचम्मित र दुःखी तुल्याएको छ,’ उनले भनेकी छन्, ‘मन्त्रालयले आयोजनाको शिलान्यास सबै विधि प्रक्रिया (आवश्यक बजेटको व्यवस्थापन गरेर) पूरा गरेको छ, यसमा कुनै मिडियाहरू भ्रममा नपर्नका लागि सबैमा अनुरोध छ ।’
झाँक्रीको सो अभिव्यक्तिले पार्टीभित्रै हलचल मच्चिएको छ । रौतहटमा नेता नेपालले शिलान्यास गरेको योजनामाथि प्रश्न उठाएकी थिइन् । उनले भनेकी थिइन्, ‘हिजो उहाँले गौरमा गरेको शिलान्यास न बजेट छ, न कार्यक्रम छ, न स्रोत सुनिश्चितता छ, न टेण्डर आह्वान भएको छ । उहाँ दुई दुई वटा धर्मशाला र सभाहलको शिलान्यास गरेर आउनुभयो । त्यो स्रोतको सुनिश्चितता पनि छैन । बजेटमा कार्यक्रम पनि छैन । ठेक्का पनि लगाएको छैन । ठेक्का प्रक्रिया पनि सुरु भएको छैन । अर्थले सुनिश्चितता पनि दिएको छैन । कुन स्रोतबाट काम गर्ने भन्ने थाहा पनि छैन । तर उहाँले शिलान्यास गर्नुभयो । कुरो त उही भएन र भन्या ?’
सहरी विकास मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सहरी विकास मन्त्रालयले गर्ने रौतहट जिल्लाको गौर बोर्डर टाउनमा सहरी पूर्वाधार निर्माण, गौर सभाहल र राम जानकी विवाह मण्डपका लागि बहुवर्षीय योजनाका रूपमा २८ करोड छुट्ट्याएको छ । आर्थिक वर्ष २०७९–०८० का लागि ७ करोड छुट्याएकोमा आर्थिक वर्ष २०८०–०८१ का लागि २१ करोड छुट्याइएको छ । यस्तै रौतहट जिल्ला गौर नगरपालिका क्षेत्र भित्रका विभिन्न सडक तथा नाला स्तरोन्नतिका लागि १२ करोड रुपैयाँ बस्ती विकास कार्यक्रम अन्तरगत राखिएको सार्वजनिक गरेको छ । त्यसपछि लगत्तै झाक्रीले पनि त्यसको खण्डन गरेकी छिन् ।
‘भवन निर्माण संहिता र सरकारी भवन निर्माण बजेट उपशिर्षक अन्तर्गत हुनुपर्ने कार्यक्रम हो सभा हल निर्माण । विशेष भवन निर्माण आयोजना बजेट उपशीर्षकमा यस्ता भवन निर्माण हुन सक्छन तर चालु आ।व।मा यो कार्यक्रम छैन, थिएन’, उनले भनकी छिन ‘बस्ती विकास वा सघन शहरीमा यस्तो कार्यक्रम हुदैन। सभा हल अत्यावश्यक भए क्याविनेट निर्णयबाट गर्न नसक्ने पनि होईन। तर स्वीकृत कार्यक्रम, म्एच् वा म्भ्म्, जग्गा प्राप्ति, सर्वे, लई, ठेक्काको सूचना, ठेक्का अवार्ड केही नभई शिलान्यास गर्न किन लगेको कमरेडलाई भोली बदनाम हुन्छ, भनेर मैले प्रश्न गरेको, मेरो मनसाय हाम्रो नेतालाई लगेर किन बदनाम गर्न खोजियोरु के डिजाईन हो योरु कार्यक्रम नै नभएको ठाउँमा किन यसो गरेको भन्न खोजेको मात्र हो। यस्तो अपरिपक्व काममा आदायिण अध्यक्ष कमरेडबाट किन गर्न लगाईयो मेरो यति मात्र प्रश्न हो।मन्त्रालयले जे लेखेर दिए पनि स्वीकृत कार्यक्रम चालु आ। व। मा छैन मलाई थाहा छ । यस्तो विषयमा सार्वजनिक रोईलो गर्न परेन ।’
पूर्व मन्त्री झाँक्रीले अघिल्लो सरकारको उदाहरण दिदै अध्यक्ष नेपाललाई फसाउन आफ्नै कार्यकर्तासमेत लागेको जिकिर गरेकी छन् । ‘हिजो क. ओलीबाट १६५ रणनीति सडक, करिब ३९६ स्वास्थ्य चौकी, करिब ४०० पालिका केन्द्र जोड्ने सडक हावामा विना कार्यक्रम, विना श्रोत विना साइट शिलान्यास गरिएको थियो । हामी प्रश्न गरेका थियौँ । चर्को आलोचना गरेका थियौँ । कि ती योजना कहाँ छन् भनेर ? आज अरूले हामीलाई यही भन्दैछन् । यसो नगरौँ मात्र भनेको हो । म अशल मनशाय नै यो भन्दैछु तर मेरो शैली मिलेन होला फरक यति हो’, उनले प्रतिक्रियामा भनेकी छन् ।
त्यसो त उनको हिमचिम पनि अचेल एमालेका नेता तथा सांसदहरुसँग पनि हुन थालेको छ । उनले केही समययता एमाले नेताहरुसँग पनि राम्रै साग भेटघाट अगाडी बढाईरहेको एकीकृत समाजवादीकै नेताहरु बताउँछन् । यसले पनि झाँक्रीको बाटो फेरिएको हो की ? पून? एमालेमै फर्किन खोजेकी हुन् की भन्ने संसय एकीकृत समाजवादीभित्रै छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
प्रतिक्रिया