चोलेन्द्रमाथिको महाभियोगमा एमालेले जिब्रो चपाएर बोले : सांसद गजुरेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोगाउन लागेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफलमा बोल्दै सांसद गजुरेलले एमाले
प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताएका हुन् । उनले महाभियोग पारित गर्न दुई तिहाई चाहिने र त्यसको निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको दाबी गरे ।
उनले प्रतिपक्षले जबरालाई जोगाउने गरी बोल्दा जनताको नजरबाट गिर्ने डरले जिब्रो चपाएर कुरा गरेको बताए । ‘सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा आएर यसलाई छिटोभन्दा छिटो गरुँ भन्नेमा सहमति दिनु पर्ने ठाउँमा, दुई तिहाई नभइ त यो पारित हुँदैन,’ उनले भने, ‘प्रतिपक्ष त अगाडि आउनुपर्यो नि, तपाईंहरु अगाडि बढ्नुस हामी छौँ भने ।’
उनले महाअभियोगको विषयमा सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिन नसक्नु दुःखद् भएको बताए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया