सोमबार, माघ ५, २०८२

सेयर बजारमा आज दोहोरो अंकले वृद्धि

मेरोन्यूज २०७९ साउन २२ गते १६:१६

काठमाडौँ । आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज १०.२७ अंकले सेयर बजार वृद्धि हुँदा नेप्से परिसूचक ०.४९ प्रतिशतले बढेको छ ।

आजको कारोबार भएकामध्ये दुई अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज दुई सय १९ वटा कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर खरिद बिक्री भएको हो ।

आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया