बाढी आएसँगै उदयपुरको बेलकाबासी फेरि विस्थापित

उदयपुर । जिल्लाको बेलका नगरपालिकामा शनिबार बेलुकी पुनः वर्षाले सप्तकोसी नदी र स्थानीय खहरे खोलामा बाढी आउँदा बाँकी रहेका र फर्केर आएका पुनः विस्थापित भएका छन् । नगरपालिकाका अनुसार शनिबार पूर्वी पहाडी क्षेत्र र उदयपुर क्षेत्रमा आएको वर्षाका कारण सप्तकोसीमा पुनः बाढी आएपछि वडा नं स्थित २ बानडाँडा क्षेत्रका केही बासिन्दा विस्थापित भएका हुन् ।
यस्तै वडा नं १ को तपेश्वरी, आम्बासी, पुरनदहका खोलामा आएको बाढी गाउँमा प्रवेश गर्दा शनिबार सो क्षेत्रका बासिन्दा गाउँ छाडेर सुरक्षितस्थलतर्फ गएको नगरपालिकाकी उपप्रमुख जीरा राईले बताए । गत शनिबार पूर्वी पहाडी क्षेत्रमा आएको वर्षाले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि बानडाँडा र सातपत्रेका बासिन्दा केही दिनअघि विस्थापित भएर घर फर्किएकामा पुनः विस्थापित भएर सुरक्षित स्थलतर्फ गएको बेलका २ का प्रकाश कार्कीले बताए ।
यस्तै, पुरनदह, खारखोला तथा आम्बासी खोला र अन्य स्थानीय खोलामा आएको बाढी गाउँमा प्रवेश गर्न थालेपछि शनिबार बेलुकी नै झण्डै सो क्षेत्रका पाँच सय घरपरिवार सुरक्षित स्थलतर्फ गएको आम्बासीका देवराज थापाले बताएका थिए ।
शनिबार भीषण वर्षाले स्थानीय खोलामा बाढी आएर विस्थापित भएकाको तथ्याङ्क आज बिहानैदेखि सङ्कलन सुरु गरिएको नगरपालिकाले जनाएको छ । विस्थापित भएकाहरू कहाँ कुन स्थानमा सुरक्षित रहेका छन् भन्ने कुरा पत्ता लगाएपछि उनीहरुलाई उद्धार गरेर राहत वितरण गरिने नगरप्रमुख अशोक कार्कीले बताए ।
बानडाँडा र सातपत्रे क्षेत्रमा केही दिनअघि मात्र कोसीको बाढी गाउँमा प्रवेश गर्न थालेपछि विस्थापित भएर पुनः गाउँ फर्किकामध्ये शनिबार झण्डै ५० घरपरिवार पुनः विस्थापित भएको स्थानीयवासीले बताए । सप्तकोसी नदीको बहाव बढेर गाउँमा पुनः प्रवेश गर्दा हालसम्म दुई हजार ५०० भन्दा बढी स्थानीयवासी विस्थापित भएकामा अहिले मौसममा सुधार भएपछि धेरै गाउँ फर्कन थालेकामा शनिबार भीषण वर्षापछि आएको बाढीका कारण पुनः केही स्थानीयवासी गाउँ छाडेर विस्थापित हुन पुगेका छन् ।
शनिबार पूर्वी पहाडी क्षेत्रमा भीषण वर्षा भएपछि सप्तकोसी नदीमा पानीको बहाव बढ्न पुगेकाले कोसी टप्पु क्षेत्रमा त्रास पैदा भएर धेरैजसो बेलुकी नै गाउँ छाडेर अन्यत्र गएको नगरपालिकाले जनाएको छ । पानीको बहाव ह्वात्तै बढेपछि सप्तकोसी नदीस्थित सप्तकोसी पुलको ३३ वटा ढोका खोलिएको र बेलका क्षेत्रमा पनि सेना, प्रहरीले स्थानीय जनतालाई सचेत गराएको नगरपालिकाले बताएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया