जापान पुगेर प्रचण्डले भने : निर्वाचनमा जसले जति सिट ल्याए पनि माओवादी आन्दोलनले जितेको महसुस गर्छु

काठमाडौँ । पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पन्न भएको स्थानीय तहको निर्वाचन र आगामी संघ र प्रदेशसभा निर्वाचन परिवर्तन गर्न बलिदान र त्याग गर्नेका निम्ति धेरै ठूलो गर्वको विषय भएको बताएका छन् ।
जापानमा रहेका प्रवासीहरूको सक्रियतामा भएको ‘समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा बोल्दै प्रचण्डले आगामी संघ र प्रदेशसभाको निर्वाचन अर्थपूर्ण रहेको बताए । उनले निर्वाचमा जुन पार्टीले बढी सिट ल्याए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत नै ल्याएको भन्दै त्यसमा आफूलाई गर्व रहेको बताए ।
‘चाहे त्यो नेपाली कांग्रेसले बढी सिट ल्याओस, चाहे त्यो एमालेले बढी सिट ल्याओस्, वा अन्य पार्टीहरूले बढी सिट ल्याओस्, जसले ल्याए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत नै ल्याएको हो, त्यसमा मलाई गर्व छ,’ उनले भने, ‘र, मैले जो जसरी आए पनि, जसले जिते पनि माओवादी आन्दोलनले नै जितेको महसुस गरेको छु, जो जसरी आए पनि, जुन समूदायबाट आए पनि हाम्रै बलबाट आएको हो ।’

‘यहाँ बुलेट ट्रेन चढ्ने मौका धेरैपटक मिल्यो मलाई पनि, १० बजेर ९ मिनेटमा आउँछ भनेपछि त्यही समयमा आउँछ,’ उनले भने, ‘जापानीहरू धेरै शान्तसँग बसेका हुन्छन्, फेरि हामी नेपाली अलि धेरै बोल्छौँ, अली चर्कै स्वरमा बोल्छौँ ।’
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया