चितवनका पाँच जनाले त्यागे नेपाली नागरिकता परित्याग

काठमाडौँ । जिल्लामा रहेका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी टीकाराम वाग्लेका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सीधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका छन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी छन् ।
उनका अनुसार यस जिल्लाबाट सोही समयमा छ जनाको नागरिकता रद्द गरिएको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ । वाग्लेका अनुसार झुट्टा विवरण पेश गरी दुई वटा नागरिकता लिएको, अन्य जिल्लाबाट समेत नागरिकता लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गरिने गरिन्छ । सोही क्रममा जिल्लाबाट छ जनाको नागरिकता रद्द गरिएको हो ।
यस्तै, गत अर्थिक वर्षमा १८ हजार ३९७ जनाले वंशजका आधारमा नागरिकता लिएका छन् । अङ्गीकृत नागरिकता लिने आठ जना रहेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए । उनका अनुसार अङ्गीकृत नागरिकता लिनेहरू आमा–बुवासमेत अङ्गीकृत नागरिकता लिएकाको परिवार रहेका छन् । पन्ध्र वर्ष नेपालमा बसोबास गरेका, नेपाली भाषा बोल्न र लेख्न जान्नेलाई यो नागरिकता दिने गरेको भए पनि गत वर्ष अङ्गीकृत नागरिकता पाएका परिवारबाहेक अन्यले पाएका छैनन् ।
न्यौपानेका अनुसार कार्यालयबाट ४३ जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । नेपाली पुरुषसँग विवाह गरेर आएका विदेशी महिलाले यो नागरिकता लिने गरेका हुन् । जिल्लामा गत आर्थिक वर्षमा १२ हजार १७ जनाले प्रतिलिपि नागरिकता लिएका थिए । २५ हजार चार सय ८५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

















महाशिवरात्रिः पशुपति क्षेत्रमा साधुसन्त र भक्तजनको चहलपहल बढ्यो (फाेटाेफिचर)
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डाबाट ‘ब्याक’ भएकाे राप्रपाको गन्तव्य ‘पृथ्वीपथ’
निर्वाचनबारे सकल दर्तालाई प्रधानसेनापतिको विशेष निर्देशन
यूएईमा नेपाली श्रमिकका स्वास्थ्य अवस्थाबारे अन्तरक्रिया
निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो : पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
प्रतिक्रिया