विद्यालयस्तरबाटै पढ्दै र कमाउदै एनआरएनए परियोजना

लन्डन । विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ ।
परियोजनाका संयोजक तथा गैरआवासीय नेपाली संघ ९एनआरएनए० का उपमहासचिव रामशरण सिमखडाका अनुसार विद्यालयस्तरका बालबालिकाहरुलाई व्यवासायिक शिक्षामार्फत् आत्मनिर्भर बनाउन लागिएको हो ।
गैरआवासीय नेपाली संघको ुपढ्दै र कमाउँदैु परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र परियोजनाको अवधि ६ वर्षको हुने संयोजक सिमखडाले जानकारी दिए । उक्त परियोजनाको मुख्य उद्देश्य विद्यालयस्तरका १० वर्षदेखि १८ वर्षसम्मका विधार्थीहरुलाई व्यवासायिक शिक्षा प्रदान गर्दै आर्थिक रुपमासमेत सबल बनाउने रहेको एनआरएनएले जनाएको छ ।
अभावका कारण बीचैमा पढाई छोडेर वैदेशिक रोजगारी जाने बिपन्न वर्गलाई लक्षित गर्दै यो परियोजना अगाडि सारिएको सिमखडाले जानकारी दिए । परियोजनाले विद्यार्थीहरुले विद्यालयमा सिकेको सैद्धान्तिक शिक्षालाई व्यावसायिक ज्ञानमार्फत् आर्थिक उपार्जनको लागि सहयोग पुग्ने बताइएको छ ।
परियोजनाले ती विद्यार्थीहरुका परिवारलाई आवश्यक पर्ने अन्य सहयोग, ज्ञान, सिप, तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापनको लागि आवश्य सहयोग गर्ने छ । पढ्दै र कमाउदै परियोजना सम्पन्न गर्न गैरआवासीय नेपाली संघले एक कार्यदलको समेत गठन गरेको छ ।
सो कार्यदलको अध्यक्षमा संघका उपमहासचिव रामशरण सिम्खडा छन् भने उपाध्यक्षहरुमा रबिन्द्र खड्का ९डेनमार्क० मिलन छन्त्याल ९आयरल्याण्ड० छन्।
कार्यदलको सदस्य सचिवमा बाबा राजेश्वोरी थापा अष्ट्रिया, र सदस्यहरुमा राजु अर्याल नर्वे, दिपक शर्मा अस्ट्रेलिया, बिष्णु राना मगर अमेरिका, तेजबहादुर थापा साउदी अरब, नविन बिक चीन, आरपी पन्त सेयचेल्लेस, लाल केसी न्युजिल्यान्ड, हरि भट्टराई बेल्जियम, सुनिल रानाभाट स्पेन, लक्ष्मी गिरी बहराइन, दीपक श्रेष्ठ युके, ल्हाक्पा तेन्जी शेर्पा रोमानिया, देवी पौडेल मोजाम्बिक, संगीता अधिकारी सुबेदी जापान, राजकुमार उपाध्याय अष्ट्रिया, सुभा एल्मेर लामा स्वीजरल्याण्ड, रञ्जित क्षेत्री मलेसिया, प्रदीप न्यौपाने चीन, सरस्वती खनाल साइप्रस, सन्तोष भट्ट जर्मनी, डा। बिनोद पौडेल टर्की छन् ।
यस्तै कार्यदलको सल्लाहकारमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा, महिला योजना आयोग प्रमुख लिली थापा, एनआरएनए उपाध्यक्ष डा बिष्णुमाया परियार, एनआरएनए अध्यक्ष डा। बद्री केसी, जनज्योती उमाविका प्रधानाध्यापक नारायण सिग्देल छन्।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया