निर्मला प्रकरणमा मुछिएका दिलीपसिंह विरुद्ध किशोरी दुर्व्यवहारको आरोप, प्रहरीले लिन मानेन उजुरी

काठमाडौँ। चार वर्षअघि कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । सो घटना कसले गर्यो भनेर अझै प्रहरीले पत्ता लगाउन सकेको छैन ।
प्रहरीले घटनामा संलग्न भएको भन्दै ४४ वर्षीय दिलिप सिंह विष्टलाई प्रहरीले क्लोज वाच गरेका थिए । तर चौतर्फी विरोध र डीएनए नमिलेपछि उनले उन्मुक्ति पाएका थिए ।
तिनै दिलिपसिंह विष्टविरुद्ध पुनःउजुरी परेको छ । निर्मला पन्तको घटनामा साइकल भेटिएको ठाउँ नजिकैको सडक छेउमा अर्की एक किशोरीलाई दुर्व्यवहार गरेको उजुरी प्रहरीमा पुगेको हो ।
दिलिपले बाटोमा हिँड्ने किशोरी तथा युवतीलाई जिस्काउन थालेको गुनासो गरिएको छ । निर्मला मृत भेटिएको क्षेत्रमा पर्ने भगतपुर ब्यारेक–उल्टाखाम सडक खण्ड भएर आवतजावत गर्ने किशोरी र युवतीलाई जिस्काउन थालेको गुनासो आएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीले बाटोमा हिँड्ने क्रममा प्लस टुमा अध्ययनरत युवतीलाई जिस्काएको गुनासो आएको र सो विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । यद्यपि प्रहरीले उजुरी भने लिन नमानेको पीडित किशोरीका परिवारको भनाइ छ ।
गत साउन १२ गते कक्षा ११ मा पढ्ने एक किशोरीलाई हात समातेर तानेको तर किशोरी फूत्किएर घर पुगी आफन्तलाई सुनाएकी थिइन् । त्यसपछि परिवारले प्रहरीमा उजुरी लिएर पुगेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी श्याम चौधरी पनि घटना बारे जानकार देखिए । तर, उजुरी नै नलिने कारण भने खुलाउन सकेको छैन ।
निर्मला हत्याको २५ दिनपछि प्रहरीले भीमदत्त नगरपालिका–२ कै दिलिपसिंह विष्टलाई समातेर अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । त्यसको दुई दिनपछि २६ भदौमा जिल्ला अदालतले उनको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको र डीएनए समेत म्याच नभएको भन्दै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनी छुटेका थिए ।
















अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया