विधुत र पानीको समस्याले लाखौँ मूल्यका स्वास्थ्य सामग्री प्रयोगविहीन

मुगु । जिल्लास्थित स्वास्थ्य कार्यालयमा विद्युत् र पानीको अभावमा लाखौं मूल्यको स्वास्थ्य सामग्री प्रयोगविहीन भएका छन् । केही समय अगाडि कोरिया सरकारले सुविधा सम्पन भवनसहित लाखौं मूल्यका स्वास्थ्य सामग्रीहरु कर्णाली प्रदेश सरकारमार्फत जिल्ला स्वास्थ्य कार्यालय मुगुलाई हस्तान्तरण गरेको थियो ।
कोरिया सरकारले दिएको केही सामग्रीहरु प्रयोगमा आए पनि ल्याब मेसिन, निर्मलीकरण गर्ने मेसिन, कपडा धुने मेसिन लगायतका सामग्रीहरु भने दक्ष जनशक्ति र विद्युत् पानीको अभावमा प्रयोगविहीन भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढाले भनेका छन्, ‘कोरिया सरकारले मुगुलाई ठूलो सहयोग गरेको छ । जिल्ला अस्पताल मुगुलाई सेवा सुविधा सम्पन्न भवन निमार्ण गर्नुका साथै स्वास्थ्य क्षेत्रमा प्रयोग हुने लाखौं मूल्यका उपकरणहरु हरुतान्तरण गरेको छ ।’
उनले थपे ‘केही सामग्रीहरु प्रयोगमा आएका छन् भने एनलाईर मेसिन, निर्मलीकरण मेसिन, कपडा धुने मेसिनहरु भने दक्ष कर्मचारी नहुँदा सञ्चालनमा ठूलो समस्या भएको हो । अर्कोतर्फ पानी र विद्युुतको समस्याले गर्दा पनि प्रयोगमा आउन नसकेको हो ।
उक्त उपकरणहरुको सञ्चालनका लागि सरोकारवाला सबैसँग छलफल गरिएको बताइएको छ । अबको एक साताभित्र दक्ष व्यक्ति अर्थात् वायो मेडिकल इन्जिनियर आउने र सबै सामग्रीहरुको चेकजाँच गरी सञ्चालनमा ल्याइने बताइएको छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया