जीवन बीमक सङ्घद्वारा सहयोग

काठमाडौँ । जीवन बीमक सङ्घ नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आइतबार दुई संस्था काठमाडौँ इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोइरालालाई ४० लाख रुपैयाँ र समता एडुकेसन ट्रस्टको तर्फबाट निर्देशक दिपक सञ्जेललाई ३० लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम जीवन बीमक सङ्घ नेपालका अध्यक्षलगायतका पदाधिकारीद्वारा बीमा समितिका अध्यक्ष र कार्यकारी निर्देशकसमेतको उपस्थितिमा काठमाडौंको रवि भवनस्थित होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको हो ।
समता एडुकेसन ट्रस्ट संस्थाले देशभरि ५० हजारभन्दा बढी आर्थीक हिसाबले कमजोर विधार्थीलाई शिक्षा र स्वास्थ्यमा सहज पहुच बनाउने उद्देश्यले सबै प्रदेशमा विद्यालय सञ्चालन गरेको छ । त्यसैगरी, काठमाडौँ इन्स्चिच्युट अफ चाइल्ड हेल्थले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका ७ मा सहज र सुलव मूल्यमा पेडियाट्रिक सुविधासहितका बाल अस्पताल बनाउने उद्देश्य लिएको छ भने नेपालको सातै वटा प्रदेशमा बाल अस्पताल निर्माण गर्ने उद्देश्य लिएको छ ।
जीवन बीमक सङ्घ नेपालका अध्यक्ष निर्मल काजी श्रेष्ठले समाजलाई भलो हुने यस्ता कार्यमा आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्व जारी राख्ने बताए । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले राम्रो काम गर्ने समाज सेवी संस्थालाई सहयोग गर्न पाउनु खुशीको कुरा हो । संस्थागत समजिक उत्तरदायित्व अन्तर्गत सबै कम्पनीले यस्ता कार्य गर्न पर्ने बताए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
प्रतिक्रिया