सोमबार, पुष ७, २०८२

विहारमा भाजपासँग नितिशले तोडे गठबन्धन

मेरोन्यूज २०७९ साउन २४ गते १५:१४

काठमाडौँ । भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले भारतीय जनता पार्टी (भाजपा)सँगको गठबन्धन तोडेका छन् । नितिशले मंगलबार जेडीयू विधायक, सांसद र सबै वरिष्ठ नेताको बैठकमा यो निर्णय लिएका हुन् ।

बिबिसी हिन्दीका अनुसार मुख्यमन्त्री निवासमा चलिरहेको बैठकका बीच अहिलेसम्म आधिकारिक बयान आउन बाँकी रहेको छ । मुख्यमन्त्री नितिशले आज साँझ राज्यपाललाई भेटेर पदबाट राजीनामा दिने तयारीमा रहेका छन् ।

बिहारका कांग्रेसका वरिष्ठ नेता तथा पार्टी महासचिव तारिक अनवरले नितिश कुमारले राज्यपाललाई भेट्ने कुरा गरेको पुष्टि गरेका छन् । महागठबन्धनका घटक दलका महत्वपूर्ण नेताहरूसँगै मुख्यमन्त्री नितिशले राज्यपाललाई भेटेर समर्थन पत्र बुझाउने भएका हुन् ।

यसैबीच, उपमुख्यमन्त्री तारकिशोर प्रसादको निवास भाजपाका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । बिहारमा आरजेडीको ७९ सिट रहेको छ । यस्तै, भाजपाको ७७, जेडीयूको ४५, कांग्रेसको १८ र लेफ्टको १६ सिट रहेको छ । एजेन्सी

प्रतिक्रिया