आइएमई पेमार्फत टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड हुने

काठमाडौँ । शेयर लगानीकर्ताले आफ्नो टिएमएसमार्फत आइएमई पे छनोट गरी आफूले ब्रोकरलाई शेयर खरिद गरेबापत गर्नु पर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने छन् ।
हाल यो सुविधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएका छन् ।
टिएमएसमा धितो लोड गर्दा र फण्ड सेटलमेण्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले शेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको शेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गरे ।
यो भुक्तानी रियल टाइममा हुने भएकाले ब्रोकर तथा शेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्ने छन् । यो सुविधा प्रयोग गर्ने शेयर लगानीकर्तालाई हालका लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया