डढेलोपछि क्यानडामा आपत्काल

ओटाबा । जलवायु परिवर्तनका कारण गर्मीको चर्को तापक्रमले पृथ्वीमा विनाश गरिरहेको छ । यसको पछिल्लो उदाहरण क्यानडाका दुई प्रान्त बनेका छन् । रिपोर्टअनुसार क्यानाडाको पूर्वी प्रान्त न्युफाउन्डल्याण्ड एन्ड ल्याब्राडोरको जंगलमा विगत दुई सातादेखि डढेलो लागिरहेको छ ।
उक्त प्रान्तका प्रधानमन्त्री एन्ड्र्यु फ्युरेले आपत्कालीन अवस्था जारी गरेका छन् । ‘पछिल्लो ३६ घण्टामा परिवर्तन भएका छन् । हामीले यसलाई व्यवस्थापन गर्न सक्छौं भन्ने भविष्यवाणी गरेका थियौँ । यद्यपि, हावाको परिवर्तनसँगै धुवाँको प्रभाव देखिने त्रास छ’, एन्ड्र्यु फ्युरेले एक विज्ञप्तिमा भनेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार दुईवटा छुट्टाछुट्टै जंगलमा लागेको आगलागीबाट कतिपय क्षेत्र ध्वस्त भएको छ । डढेलो न्युफाउन्डल्याण्डमा १२ हजार ३५५ एकड र प्याराडाइज लेकमा १६ हजार ६२ एकड भूभागको जंगल नष्ट गरेको छ ।
यस क्षेत्रमा फैलिएको ठूलो धुवाँले आगो निभाउने प्रयासलाई थप जटिल बनाइरहेको बताइएको छ ।















प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया