आइतबार, पुष ६, २०८२

भाजपाले भन्यो – नितिश कुमारले जनतालाई धोका दिए

मेरोन्यूज २०७९ साउन २५ गते १३:१५

नयाँ दिल्ली । बिहारमा नितिश कुमारले भाजपासँगको गठबन्धन तोडेपछि आक्रोशित भएको भाजपाले नितिशकुमारले जनतालाई धोका दिएको आरोप लगाएको छ । नितिश कुमारले अचानक गठबन्धन तोडेपछि स्तब्ध भएको भाजपा बिहार इकाईले उनलाई राज्यका जनतालाई धोका दिएको आरोप लगाएको छ ।

पटनामा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बिहार भाजपा प्रमुख सञ्जय जैसवालले बिहारका जनताले नितिश कुमारलाई कहिल्यै क्षमा नदिने बताए ।

‘हामीले सन् २०२० को चुनाव एनडीएअन्तर्गत मिलेर लडेका थियौं । जनादेश जेडीयू र भाजपाका लागि थियो । हामीले धेरै सीट जित्यौं । यद्यपि, नितिश कुमारलाई मुख्यमन्त्री बनाइएको थियो । मंगलबार जे भयो त्यो बिहारका जनता र भाजपामाथि विश्वासघात हो’, नितिशतर्फ संकेत गर्दै जयस्वालले भने ।

नितिश कुमारले मंगलबार बिहारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राजीनामा दिनुअघि नितिशले बिहारमा भाजपासँगको गठबन्धन तोडेको घोषणा गरेका थिए ।

आफ्नो पार्टीलाई कमजोर पार्ने प्रयास गरेको आरोप लगाउँदै नितिश भाजपासँगको गठबन्धनबाट टाढिएका थिए ।

प्रतिक्रिया