बालाजुमा भएको आगलागी नियन्त्रणबारे गृहमन्त्री खाणको चासो

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले काठमाडौँ महानगरपालिका–१६ बालाजु औद्योगिक क्षेत्रभित्र रहेको वान वल्र्ड जुत्ता कम्पनीमा भएको आगलागीबाट पुगेको क्षति र आगलागी नियन्त्रणबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन् ।
थप जनशक्ति र साधन प्रयोग गरी आगलागी नियन्त्रण गर्न र थप सहयोग आवश्यक परे माथिल्लो निकायमा तत्काल जानकारी गराउन पनि गृहमन्त्री खाणले सम्बन्धित निकायलाई निर्देशन दिए ।
गृहमन्त्री खाणले काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजीपी) रबिन्द्रबहादुर धानुक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र काठमाडौंका जिल्लाका सुरक्षा प्रमुखहरूलाई आगलागी नियन्त्रण यथाशक्य गर्न निर्देशन दिएका हुन् ।
एआइजीपी धानुकले गृहमन्त्रीले आगलागी नियन्त्रण थप शक्ति र साधन प्रयोग निर्देशन दिएको बताउनु भयो । अहिले थप शक्ति पठाएर आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको जानकारी उनले दिए ।
काठमाडौँका प्रजिअ रिजालले विद्युत सट भएर आगलागी भएको र अहिले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया