आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा क्यान्सर पिडित बिरामीहरुलाई सहयोग प्रदान

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान
नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु.२,५०,०००।– (अक्षेरुपी दुई लाख पचास हजार) नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत श्री शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गर्नुभयो ।
सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया