गरिमा बैंकको संस्थापक सेयरको बिक्री खुला

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा बिक्री खुला गरेको छ ।
गत बिहीबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनीका नाममा रहेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर विद्यमान शेयरधनीका लागि लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री खुला गरेको हो ।
बैंकका अनुसार उक्त संस्थापक शेयरमा इच्छुक सेयरधनीले ३१ भदौभित्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं र गरिमा विकास बैंकका विभिन्न शाखा कार्यलयबाट बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् ।
संस्थापक सेयरको मूल्य प्रतिसेयर १०० रुपैंयाँ तोकिएको भए पनि सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेस गर्न सकिने बैंकले जनाएको छ । यसरी बोलकबोल पेस गर्दा संस्थापकतर्फ न्युनतम १ हजार कित्तादेखि सो अधिकतम सोभन्दा बढी कित्ताका लागि आवेदन दिन पनि सकिने व्यवस्था बैंकले गरेको छ।














45 days to go HoR polls: Election Code of Conduct comes into effect from last midnight
प्रधानमन्त्रीले दिइन् सोनाम ल्होछारको शुभकामना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
प्रतिक्रिया