डुबेर तीन जनाको मृत्यु

काठमाडौँ । सप्तरी, पाल्पा र ताप्लेजुङमा डुबेर तीन जनाको मृत्यु भएको छ । सप्तरीको बोदेबर्साईन नगरपालिका ८ काचनस्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने ६ वर्षीय नन्दनी कुमारी दासको बिहीबार मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको शत्रुधन अस्पताल बोदेबर्साईनमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, पाल्पाको रैनादेवी छहरा गाउँपालिका १ साउनेस्थित डमराई पोखरीमा डुबेर सोही ठाउँ मामाघर आएका गुल्मी छत्रकोट गाउँपालिका ३ चोयघा घर भएका १४ वर्षीय मनोज रेस्मीको बिहीबार मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।
ताप्लेजुङको पाथिभरा याङबरक गाउँपालिका ४ डुम्रिसेस्थित सिवानी हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २१ वर्षीय रोशन तामाङको बिहीबार दिउँसो मृत्यु भएको छ ।
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया