अफगानिस्तानमा भारी वर्षाका कारण २१ जनाको मृत्यु
मेरोन्यूज
२०७९ साउन २८ गते २१:०२

काठमाडौँ । अफगानिस्तानको वर्षा र बाढीले कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीले कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका राज्य सञ्चालित समाचार संस्था बख्तरले शनिबार जनाएको छ ।
भारी वर्षा र अचानक आएको बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका ठूलो सङ्ख्यामा गाउँ र बस्ती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । प्राकृतिक प्रकोपले सयौं आवासीय घर पनि नष्ट गरेको छ । र, छिमेकी तीन प्रान्तहरूमा हजारौँ हेक्टर खेत र दसौँ बगैंचाहरू प्रभावित भएका छन् ।
करिब दुई साताअघि अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तको एक गाउँमा आएको व्यापक वर्षापछि आएको विशाल बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो । कैयौँ घाइते भएका थिए ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया