बेलायत पठाइदिने भन्दै १५ लाख ठग्ने पुरुष पक्राउ
काठमाडौँ । बेलायत पठादिने भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगर २९ सामाखुसी बस्ने इलाम नगरपालिका १ नारायणटारका ३७ वर्षीय प्रकाश राई छन् ।
उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति नगद ९ लाख रुपैयाँ लाग्ने र बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिने प्रलोभन देखाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले बेलायतमा मासिक चार लाख रुपैयाँसम्म तलब हुने विश्वास दिलाई उनीहरूबाट प्रतिव्यक्ति ताीन लाख रुपैयाँ लिएर ठगी गरेका थिए ।
पीडितबाट रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ सिनामंगल शम्भुमार्गबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँ पठाइएको छ ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया