निजामती ऐन ल्याउनु पर्ने संगठनको माग
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले तीन तहको कर्मचारीलाई मार्ग निर्देशन गर्ने ऐन जारी गर्नु पर्ने माग गरेको छ । संगठनले आज पत्रकार सम्मेलन गरी अध्यक्ष लेखनाथ कोइरालाले केन्द्रीय कार्य समितिको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गरे ।
उनले प्रस्तावित संघीय निजामती सेवा ऐन स्थानीय, प्रदेश र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीलाई मार्ग निर्देशन गर्ने मूल कानून निजामती सेवा ऐन जारी गर्न सरकारले ढिला सुस्ती गरेको भन्दै आपत्ति जनाए ।
सो संगठनले तीनै तहमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी गर्नसमेत सरकार समक्ष आग्रह गरेको छ ।
‘एक लाख २५ हजार कर्मचारीलाई परिचालित गर्ने ऐन सरकार संसदबाट चार वर्षसम्म ल्याउन सकेको छैन, सरकारले हाम्रै लागि ल्याउन लागेको ऐन हामीसँग सरसल्लाह गर्दैन,’ उनले भने ।
कर्मचारीसम्बन्धी नीति नियम बनाउँदा अनिवार्य रूपमा निजामती क्षेत्रका ट्रेड युनियनलाई राखेर छलफल गर्नु पर्ने उनको भनाइ छ ।


















बुटवल–नारायणगढ सडकः पूर्वी खण्डमा पुल र कल्भर्ट निर्माण
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु
‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया