सोमबार, फागुन ४, २०८२

‘राष्ट्रपतिद्धारा फिर्ता गरिएको नागरिकता विधेयकलाई सबै दलले ठन्डा दिमाग बनाएर निर्णय लिनुपर्छ’

मेरोन्यूज २०७९ साउन ३० गते ९:५१

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकलाई सबै दलले दिमाग ठन्डा बनाएर निर्णय लिनुपर्ने बताएका छन्

Advertisement
nepal life insurencenepal life insurence

उनलेभने,’यो विद्येयकले नेपालको जनसांख्यिक अतिक्रमणको खतरालाई ख्याल नगरी ल्याइएको विधेयककै कारण झन् समस्या ल्याउँथ्यो,नागरिकता विधेयकलाई लिएर आवश्यक विचार र विमर्शबिना कुनै पनि कदम चाल्नु गलत हुने छ।’

उनका अनुसार नागरिकता विधेयक संविधानको मर्म र भावनाअनुसार पनि थिएन, बाहिरबाट आउने नागरिकलाई सिधै नागरिकता दिने व्यवस्थाले पछि समस्या ल्याउँथ्यो, नागरिकता जस्तो विषय पटकपटक बदल्ने कुरा पनि होइन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ दिन शीतल निवासमा रोकेर राखेको नागरिकता विधेयक आइतबार (हिजो) संसदमै फिर्ता गरिदिएकी छन्।
प्रतिनिधि सभाबाट ८ साउनमा र १२ साउनमा राष्ट्र सभाबाट पारित नागरिकता विधेयकलाई १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए।
तर राष्ट्रपतिले विधेयकलाई पुनर्विचार गर्न भन्दै संसदमै फिर्ता पठाएकी हुन्। राष्ट्रपतिको यो कदमलाई लिएर सत्तारुढ दल विरोध र प्रतिपक्षी एमाले समर्थनमा उत्रिएको छ ।

प्रतिक्रिया