फलफूल र तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी

काठमाडौं । कालीमाटी फलफूल तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो सेतो मूलाको औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ३३ पैसा रहेको जनाएको छ । समितिका अनुसार सबैभन्दा महङ्गो किवीको मूल्य प्रतिकेजी ६२५ रुपैयाँ छ ।
त्यस्तै, प्रतिकेजी ५५० रुपैयाँ पुगेको कुरीलोको भाउ घटेर आज प्रतिकेजी ३८० रुपैयाँ पुगेको छ । अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार २९० रुपैयाँ, अमला ११५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, आलु ५९ रुपैयाँ, मुडेको आलु ५४ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ९६ रुपैयाँ, कागती २३८ रुपैयाँ छ ।
यसैगरी, अकबरे हरियो खुर्सानीको औसत मूल्य प्रतिकेजी १७५ रुपैयाँ, तराई गाजर ८६ रुपैयाँ ६७ पैसा, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५५ रुपैयाँ, टनेल सानो गोलभेडा ३५ रुपैयाँ ४० पैसा, घिरौला ४५ रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ छ ।
रहु माछा ३१६ रुपैयाँ ६७ पैसा, तोरीको साग र तितो करेला ४५ रुपैयाँ, निउरो ११६ रुपैयाँ ६७ पैसा, परवर ५७ रुपैयाँ, सुकेको प्याज ३६ रुपैयाँ, तने बोडी ६६ रुपैयाँ र ब्रोकाउली २३३ रुपैयाँ ३३ पैसा, भाटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ३५ रुपैयाँ, भुई कटहर १७५ रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ, रायोको साग १७५ रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन १२६ रुपैयाँ ६७ पैसा, सेलरी २७५ रुपैयाँ, स्कूस ४२ रुपैयाँ ५० पैसा र फूजी स्याउ २९० रुपैयाँ रहेको छ ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया