आइतबार, चैत १, २०८२

काउण्टर पोइण्टले भन्यो : वर्षको दोस्रो त्रैमासिकमा भिभो फोन चीनको शीर्ष स्थानमा

मेरोन्यूज २०७९ साउन ३१ गते १७:१८

काठमाडौँ । काउण्टरपोइण्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसँग बुझेर विश्वव्यापी रुपमा विस्तार गरिरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

हाल, भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ । विभिन्न मूल्य दायरामा विश्वभरका ४०० मिलियनभन्दा बढी प्रयोगकर्ताहरूको मन जितिसकेको छ ।

सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामको बारेमा कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोको विविध पोर्टफोलियोले ब्राण्डलाई आफ्नो नेतृत्व कायम गर्दै राम्रो बजार हिस्सा ओगट्न मद्दत गरेको छ, ब्राण्डले सकारात्मक सन्देश र नवीन क्षेत्रीय रणनितिद्वारा यो गति हासिल गरेको हो, विशेष गरी युवा ग्राहकबाट ब्राण्डले बजेट फ्रेण्ड्ली खण्डमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।’

नवीनता र प्रविधिमा विशेषत केन्द्रीत भएर भिभोले बलियो गति कायम गर्दै सबै क्षेत्रमा ग्राहकहरूको माया र समर्थनको लागि आफूलाई योग्य साबित गरेको छ । उपभोक्ता केन्द्रीत ब्राण्डले आफ्नो भी र वाई सिरिजले यो सफलता तथा लोकप्रियता हासिल गरेको छ ।

भी श्रृंखला, यसको क्यामेरा केन्द्रीत नवीनता र जेसिससँगको साझेदारी तथा वाई श्रृंखला यसको प्रविधि तथा बजेट फ्ल्यागशिप अनुभवले युवाहरूको रोजाइमा परेको छ ।

प्रतिक्रिया