काउण्टर पोइण्टले भन्यो : वर्षको दोस्रो त्रैमासिकमा भिभो फोन चीनको शीर्ष स्थानमा

काठमाडौँ । काउण्टरपोइण्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसँग बुझेर विश्वव्यापी रुपमा विस्तार गरिरहेको छ ।
हाल, भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ । विभिन्न मूल्य दायरामा विश्वभरका ४०० मिलियनभन्दा बढी प्रयोगकर्ताहरूको मन जितिसकेको छ ।
सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामको बारेमा कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभोको विविध पोर्टफोलियोले ब्राण्डलाई आफ्नो नेतृत्व कायम गर्दै राम्रो बजार हिस्सा ओगट्न मद्दत गरेको छ, ब्राण्डले सकारात्मक सन्देश र नवीन क्षेत्रीय रणनितिद्वारा यो गति हासिल गरेको हो, विशेष गरी युवा ग्राहकबाट ब्राण्डले बजेट फ्रेण्ड्ली खण्डमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।’
नवीनता र प्रविधिमा विशेषत केन्द्रीत भएर भिभोले बलियो गति कायम गर्दै सबै क्षेत्रमा ग्राहकहरूको माया र समर्थनको लागि आफूलाई योग्य साबित गरेको छ । उपभोक्ता केन्द्रीत ब्राण्डले आफ्नो भी र वाई सिरिजले यो सफलता तथा लोकप्रियता हासिल गरेको छ ।
भी श्रृंखला, यसको क्यामेरा केन्द्रीत नवीनता र जेसिससँगको साझेदारी तथा वाई श्रृंखला यसको प्रविधि तथा बजेट फ्ल्यागशिप अनुभवले युवाहरूको रोजाइमा परेको छ ।















झापा पुगेर ओलीले भने – सुरक्षित वातावरण बनाइयाेस्, जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ
लुम्बिनी प्रदेशसभा सदस्य बनियाँले दिए राजीनामा
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
प्रदेशसभा सदस्यबाट डा जोशीले दिए राजीनामा
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया