आइतबार, चैत १, २०८२

तीजको अवसरमा सानिमा बैंकको कोसेली

मेरोन्यूज २०७९ साउन ३१ गते १८:०७

काठमाडौँ । सानिमा बैंकले हरितालिका तीजको अवसरमा नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उक्त योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकलाई डेविट–क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, यूएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने छ । साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

यसैगरी पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने छन् । यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने छ ।

साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने छ । सानिमा बंैक हाल देशभर सबै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया